मेची राजमार्गको विकल्प बन्दैछ तमोर कोरिडोर

मेची राजमार्गको विकल्प बन्दैछ तमोर कोरिडोर
खविन लुइटेल, पाँचथर । तमोर कोरिडोर मेची राजमार्गको वैकल्पिक सडकको रूपमा देखिएको छ । ताप्लेजुङ र पाँचथरका यात्रुबीच तमोर कोरिडोर नयाँ विकल्पको रूपमा लोकप्रिय बन्न थालेको हो । ‘पाँचथरको यासोकबाट धरान जान मेची राजमार्ग हुँदै जाँदा झापा पुग्न मात्रै ६ घण्टा लाग्छ, तर तमोर कोरिडोरबाट ५ घण्टामै धरान पुग्न सकिन्छ,’ यासोकका व्यवसायी गोपाल पोखरेलले बताए । उनका अनुसार धरानबाट यासोकसम्म तमोर कोरिडोर हु...

खाना महोत्सव हुन्छ, नयाँ बर्षमा जाउँ है भेडेटार

खाना महोत्सव हुन्छ, नयाँ बर्षमा जाउँ है भेडेटार
भेडेटारमा अंग्रेजी नयाँवर्ष २०१८ को अवसरमा तीन दिने खाना महोत्सव हुने भएको छ । पुस १६ गतेदेखि हुने महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक  तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रदर्शनीमा राखिने आयोजक समितिका संयोजक तथा भेडटार होटल एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए । महोत्सवमा आउने आगन्तुकहरुलाई पाराग्लाइडिङ माउन्टेन बाइक टुर लगायत टुर प्याकेजको व्यवस्...

झन् झन् बढ्दै पो रहेछ त गरिबी

झन् झन् बढ्दै पो रहेछ त गरिबी
काठमाडौं । सरकारी र गैरसरकारी संस्थाले गरिबका लागि ठूलो रकम खर्च गरे पनि गरिबको संख्या झनै बढेको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको देखाएको छ । यसअघि योजना आयोगले यसै वर्ष सार्वजनिक गरेको १४ औं त्रिवर्षीय योजनामा नेपालमा २१.६ प्रतिशत गरिब भएको उल्लेख थियो । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार गरिबको संख...

पुस २७ देखि माघ ८ गतेसम्म दमक महोत्सव हुने

पुस २७ देखि माघ ८ गतेसम्म दमक महोत्सव हुने
दमक / झापा दमकमा आगामी पुस २७ देखि माघ ८ गतेसम्म दमक महोत्सव हुने भएको छ। दमक उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव गर्न लागिएको हो । आयोजकका अनुसार महोत्सव औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सवका रुपमा रहनेेछ । महोत्सवका लागि राजन दंगालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। उद्योग बाणिज्य संघका अध्यक्ष रााजन  ढकालका अनुसार महोत्सवमा विभिन्न उत्पादन तथा प्रदर्शनीका २ सय स्टल रहने छन्...

नेपालमै निकालियो हावाबाट बिजुली, दैनिक ११० किलोवाट उत्पादन

नेपालमै निकालियो हावाबाट बिजुली, दैनिक ११० किलोवाट उत्पादन
नेपालकै सबैभन्दा ठूलो ‘हावाबाट चल्ने सोलार हाइब्रिड पावर सिस्टम’को शुरुआत भएको छ ।   एशियन डेभलप्मेन्ट ब्यांक (एडीबी)को परियोजनामा सिन्धुलीको हरीहरपुरगढी गाउँमा ‘हाइब्रिड सोलार सिस्टम’को शुरुआत भएको हो । परियोजनाले ८३ ग्रामीण घरपरिवारमा विद्युतीय सेवा उपलब्ध गराएको छ । यसमा १५ किलोवाटका हावाबाट चल्ने टर्बाइन जडान गरिएको छ । गाउँमा ८७ किलोवाट बिजुलीको माग छ तर परियोजनाले दैनिक ११० किल...

देउसी खेलेको पैसाले युवाले किने धान काट्ने मेसिन

देउसी खेलेको पैसाले युवाले किने धान काट्ने मेसिन
झापा / तिहारमा स्थानीय युवाले संचालन गरेको देउँसी–भैलोसहित सांस्कृतिक कार्यक्रमबाट संङकलित रुपैयाले  झापाको एक गाउँमा धान काट्ने मेसिन (पावर ट्रेलर) खरिद गरिएक  । कमल गाउँपालिका–४, ५ र ७ को शान्तिपुर चौकमा रहेको शान्ति युबा कल्बले आयोजना गरेको देउँसी–भैलोसहित सांस्कृतिक कार्यक्रममा संङकलित रुपैयाले धान काट्ने मेसिन पावर ट्रेलर खरिद गरिएको हो । कमल गाउँ पालिकास्थित शान्तिपुर चौकमा रहेको शान्त...

तीन पुस्ताको एउटै पेशा, अढाई रुपैयाँको कैँचीले करोडौंको सृष्टि

तीन पुस्ताको एउटै पेशा, अढाई रुपैयाँको कैँचीले करोडौंको सृष्टि
दमक /२०२० सालमा बिराटनगर छोडेर दमक आउदा झापा दमक–१४ का दहाउर ठाकुरसंग २ रुपैया ४५ पैसाको कैँची र ४५ पैसाको छुरा हातमा थियो । अहिले उनी दमक जस्तो महंगो शहरमासंग १० धुर जमिन छ । उनी घर बनाउने तयारीमा समेत छन् । यो सबै आफ्नो कडा परिश्रम र नाइ (कपाल काट्ने)पेशाको पुस्तान्तरण नै प्रमुख रहेको ठाकुर बताउँछन् । उनका छोरा बिनोद र नाती सन्तोष पनि अहिले यहि पेशालाई निरन्तरता दिईरहेका छन् । हजुरबाले का...

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै
 इश्वर भट्टराई,उर्लाबारी सामान्यतया राजनीतिमा लाग्ने धेरैजसो व्यवसाय वा अन्य कुनै कामधन्दा गर्न भ्याउँदैनन् भन्ने मान्यता छ । तर, उर्लाबारीमा राजनीतिसँगै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या उल्लेख्य छ । उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीका इन्चार्ज राजेन्द्र पौडेल, नेकपा एमाले अध्यक्ष मनोरथ भण्डारी, नेपाली कांग्रेस उर्लाबारी कोषाध्यक्ष शोभितमाया तामाङ लगायत राजनीतिसँगै व्यवसाय गरे...