पूर्वी नेपाल

तिहार र छठ पर्वले गर्दा ह्वात्तै बढ्यो माटोका भाँडाकाे ब्यापार, कुमालेहरु उत्साहित

दिपेन्द्र यादव, इनरुवा । कात्तिक कृष्णपक्ष शुरु भएसँगै सुनसरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । तिहार र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना (बिर्को) सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो... पुरा पढ्नुहोस

देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम

बेलबारी, मोरङ । मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले मंगलबार देउसी भैलो कार्यक्रम तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, संचालक तथा अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुको सहभागितामा तिहारको शभकामना र नृत्य सहित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा ... पुरा पढ्नुहोस

करिब चार अर्ब रुपैयाँको लागतमा विराटनगरमा बन्ने भो एक सय १० मीटर अग्लो भ्यु टावर

विराटनगरमा करिब चार अर्ब रुपैयाँको लागतमा सय मीटरभन्दा अग्लो भ्यु टावर निर्माण हुने भएको छ । विराटनगर महानगरपालिकाको पहलमा निर्माण हुने उक्त भ्यु टावर १ सय १० मिटरको अग्लो हुनेछ । टावरको पहिलो तलामा राजवंशीको संग्रहालय, दोस्रोमा प्रदर्शनीस्थल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र रिक्रेसन सेन्टर तथा डिपार्टमेन्ट सेन्टर हुने महानगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

ए साँच्ची, नानी-बाबुहरुलाइ जुकाको औषधि र भिटामिन ए खुवाउनु भो ?

बेलबारी, मोरङ । देशभरि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान बुधबार  विहानै देखि शुरु भएको छ । मोरङको बेलबारीमा एक कार्यक्रमको बिच सामाजिक विकास मन्त्रालयका सचिब हरि प्रसाद दाहालले ८ महिनाको वालक निर्वाण गौतमलाई भिटामिन ए औषधि खुवाएर शुभारम्भ गरे । बेलवारी स्वास्थ्य चौकीमा भिटामिन ए क्याप्सुल खुवाउँदै... पुरा पढ्नुहोस

सुकुना बहुमुखी क्याम्पसमा यसै वर्षदेखि विविएकाे पढाई सुरु हुने

केशु विरही, सुन्दरहरैचा, माेरङ/ वि.स. २०४८ सालमा मानविकी संकायबाट पठनपाठन सुरु गरेर पछिल्लाे समयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान लगायतका संकायकाे अध्ययन अध्यापन गराउँदै अाएकाे सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैचाले यसवर्ष देखि विविए कक्षा संचालन गर्ने भएकाे छ। गाउँमै प्राविधिक विषयकाे पढाइ हुने भएपछि टाढा टाढा गएर महङ्गाे शूल्क तिरेर पढ्नु पर्ने वाध्यताबाट... पुरा पढ्नुहोस

जहाँतहीं सुर्ती चुरोट सल्काउन पाइन्न है अब बेतना सिमसारमा गएर

मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रभित्र चुरोट सेवन गर्न रोक लगाइएको छ । पिकनिक स्थल बाहेक जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न रोक लगाइएको हो । सिमसार क्षेत्रका जीवजन्तुहरूलाई असर पर्ने तथा अन्य खतरा टार्न केही ठाउँमा धूमपान निषेध गरिएको बेेेतना सिमसार सामुदायिक वनले जनाएको छ । पिकनिक स्पटका... पुरा पढ्नुहोस

निर्वाचनताका अाफूले जनतासामू राखेका वचनवद्धता भुलेका छैनाैँ – कानुन मन्त्री ढकाल

केशु विरही, बेलबारी, माेरङ/ संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जनतासामू राखेका वचनवद्धतालाई अाफूले नभुलेकाे र कहिल्यै नभुल्ने वताएका छन । दशै, तिहार,  छैठ लगायत चाडवाडकाे शुभकामना अादानप्रदान तथा अाफ्ना निर्वाचन क्षेत्रका जनतासँगकाे भेटघाट कार्यक्रममा वेलबारीमा अायाेजित कार्यक्रमलाई सम्वााेधन गर्ने क्रममा मन्त्री ढकालले साे कुरा वताएका... पुरा पढ्नुहोस

प्रवासबाट फर्केका जनशक्तिसँग सहकार्य गर्न तत्पर देखिए प्रदेश तथा स्थानीय सरकार

केशु विरही, ईटहरी/ प्रवासमा रहेर सिकेकाे सीप, श्रम र पुँजीलाई अाफ्नै माटाेमा खर्चेर समृद्ध नेपाल वनाउने अभियानमा सहयाेगी भूमिका निभाउने अभिप्रायका साथ ईटहरीमा  "समृद्धिका लागि प्रवासीहरुकाे सहभागिता : प्रदेश र स्थानीय सरकारकाे भूमिका" विषयक एक दिने सेमिनार सम्पन्न भएकाे छ । माेरङ सुनसरी सेवा समाज "माेसु"काे अायाेजनामा ईटहरीकाे वैकट हाेटलमा  एक... पुरा पढ्नुहोस

मन्त्री र नेताहरुको जमघटसहित जनसांस्कृतिक महासंघ मोरङले गर्यो भब्य सांस्कृतिक कार्यक्रम

पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्द जनसांस्कृतिक महासंघ मोरङले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा मोरङको बेलबारीमा सो कार्यक्रम गरेको हो । बेलबारीस्थित सांस्कृतिक भवनमा... पुरा पढ्नुहोस

मन्त्री लालबाबु पण्डितको उपस्थितिमा शुभकामना तथा चियापान गर्यो बेलबारी नगरपालिकाले

बेलबारी, माेरङ/ दशैं, तिहार तथा छठकाे अवसर पारेर  बेलबारी नगरपालिकाले शुभकामना अादानप्रदान तथा चियाापान कार्यक्रम सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिकाकाे सभाहलमा सम्पन्न शुभकामना अादानप्रदान कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद... पुरा पढ्नुहोस