न्युज

प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न, दुई दर्जनभन्दा बढी सञ्चारकर्मीहरु सम्मानित

शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ । प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच... पुरा पढ्नुहोस

खुर्शीद अन्सारीका हत्यारा पत्ता लगाइछाड्ने गृहमन्त्रीको आश्वासन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार सुनसरीमा अज्ञात समुहले गरेको  खुर्शिद अन्सारीको हत्यालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् ।  गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा बिहीबारै गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनलेे घटनालाई सरकारले गम्भिर रुपमा लिएको र... पुरा पढ्नुहोस

ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान

कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस

ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ

बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको  छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ  शनिबार  बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा  जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस

रमिते सामूदायिक वन उपभाेक्ता समूहले सम्पन्न गर्याे अाफ्नाे तेश्राे साधारणसभा

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे रमिते सामूदायिक वन उपभाेक्ता समूहले अाज अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । प्रदेश नं १ का अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साे साधारण सभाकाे अाज एक कार्यक्रमविच उद्घाटन गरेका छन् । सामूदायिक वनकाे अाफ्नै सभाहलमा सम्पन्न... पुरा पढ्नुहोस

फ्रेन्डस सर्भिस काउन्सिल २७ औ बर्षमा, डा. कोइरालाको नेतृत्वमा बन्यो नयाँ बोर्ड  

विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको फ्रेन्डस सर्भिस काउन्सिल नेपाल २७ औ बर्षमा प्रवेश गरेको छ । यस अबसरमा संस्थाले शनिबार आफ्नो २० औ साधारणसभा तथा ८ औ महाधिवेशन गरेको छ । प्रदेश नम्बर ३ का सांसद माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बार्षिक सामाजिक लेखा परिक्षणसमेत गरिएको थियो... पुरा पढ्नुहोस

५ सय ५१ जना महिलाको कलस यात्रा सहित भब्य रूपमा मनाइयो राणी सती दादी महोत्सव

 राणि सती सेवा संघले राणी सती दादीको बार्षिकोत्सव यस बर्ष भब्य रुपमा मनाएको छ । हरेक बर्ष भाद्र औंशीका अबसरमा राणी सतीको बार्षिकोत्सव भादी मावस पर्वका रुपमा मनाइन्छ । यस बर्ष उक्त पर्वको पूर्व सन्ध्यामा ५५१ जना महिलाहरुले खाली खुट्टा कलस बोकेर नगर परिक्रमा गरेका थिए । विभिन्न बाजागाजासहित सुरज... पुरा पढ्नुहोस

अपाङ्ग र असक्तहरुको लागि उद्योगपति दुलालले दिए २० वटा ह्वील चेयर

पुर्वान्चल ल्युब आयलका सन्चालक उद्योगपति भोलेश्वर दुलालले २० जना अशक्त र अपारहरुका लागि ह्वील चेयर सहयोग गरेका छन् । दुलालले लायन्स क्लबका बेलबारी, ईन्द्रपुर, ईटहरी र अर्को एक शाखा मार्फत सो सहयोग गरेका हुन् । ती शाखाले स्थानीय स्तरमा रहेका अपाङ्गहरुको खोजी र पहिचान गरी ह्वील चेयर बितरण गर्नेछन् । दुलाल लायन्स क्लबका... पुरा पढ्नुहोस

आन्दोलनरत पक्षहरुलाई बार्ताको लागि बोलाउंदै गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गर्नुभयो । गत भदौ ९ गतेको... पुरा पढ्नुहोस

महिला सञ्जाललाइ गृहमन्त्रीले भने ‘महिला हिंसा रोक्न सरकार कडा हुन्छ’

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्लो समय आएका महिला हिंसा र बलत्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुभएको छ । महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा बुधबार गृह मन्त्रालयमा  ज्ञापनपत्र बुझाउन आएको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई... पुरा पढ्नुहोस