खेलकुद

कुसुमे फुटबल क्लबले जित्यो प्रथम स्मृति नकआउट फुटबलको उपाधि

 बेलबारी, मोरङ । मोरङको बेलबारीमा संपन्न प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि कुसुमे फुटबल क्लब केराबारीले हात पारेको छ । शनिबार  अर्थात असोज १३ गते भएको फाइनल खेलमा बेतना फुटबल क्लब बेलबारीलाई ० का बिरुद्ध २ गोल गर्दै कुसुमे फुटबल क्लब केराबारीले उपाधि कब्जा गरेको हो । उपाधिसँगै कुसुमे फुटबल... पुरा पढ्नुहोस

नेपालका रेफ्री लामाले खेलाए फाइलन, थाईल्याण्ड अनि इन्डोनेसिया बने विजेता र उपविजेता

आगरा (भारत) / भारतको आगरामा शुक्रबार सम्पन्न ४६ औं संस्करणको एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनल खेल नेपालका रेफ्री श्रवण लामाले खेलाएका छन् । आगरा स्थित आनन्द स्टेडियममा थाईल्याण्ड र इन्डोनेसियाबीचको अन्तिम खेलमा निर्णयकको भूमिका निर्वाह गर्ने अवसर फिफा रेफ्री लामाले पाएका हुन् । धनुषा धारपानी घर भएका ३७ वर्षीय... पुरा पढ्नुहोस

उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल इन्डोनेसियासंग पराजित

 आगरा (भारत)  / भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले दोस्रो हार बेहोर्नु परेको छ । आगरा स्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा सोमबार भएको खेलमा इन्डोनेसियाले २–१ गोल अन्तरले नेपाललाई निराश बनायो । खेलमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली टोलीको सेमिफाइनल यात्राको सम्भावना... पुरा पढ्नुहोस

बंगलादेशमा आयोजित असेन्सन बहस प्रतियोगितामा नेपाललाई ऐतिहासिक विजय

अप्रतिम श्रीवास्तव र आङ सोनाम शेर्पा सम्मिलित डिएनएन 'ए'ले ढाकामा भएको असेन्सन २०१८ मा हाईस्कुल विजेता बन्दै नेपालको लागि ऐतिहासिक सफलता हासिल गरेका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयका पवन अधिकारी र सौरभ भट्टले खुल्ला तर्फ ‘रिजर्भ ब्रेक’ प्राप्त गरेका छन्। सुरुवाती वक्ताहरुको ‘नोभिस’ विधातर्फ नेपालका दुईवटा टिम- आर्या घिमिरे र... पुरा पढ्नुहोस

प्ले नेपालले महिला फुट्सल प्रतियोगिता आयोजना गर्ने

काठमाडौँमा भएका ५० भन्दा बढी फुट्सललेनै काठमाडौँ मा फुट्सल कति चर्चित छ भन्ने देखाउछ । कतिपयलाई फुट्सल भनेको पुरुषहरुको मात्र खेल हो भन्ने लाग्दछ । यो आम बुझाई फेर्नका लागि प्ले नेपालले येही असोज २० गते खुल्ला महिला फुट्सल प्रतियोगिता संचालन गर्न लागि रहेको छ। प्रतियोगिता ढुकु फुत्सल, महाराजगंज मा... पुरा पढ्नुहोस

नवसोचलाई ५-० ले पराजित गर्दै लेटाङ सेमिफाइनलमा

मोरङको बेलबारीमा जारी प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको  दोस्रो खेलमा नवसोच युवा समुह बेलबारीलाई ० का बिरुद्ध ५ गोल गर्दै लेटाङ फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागिता  छ । सहभागी टिमहरुमा सगरमाथा युथ क्लब सुन्दरहरैचा, बेतना फुटबल क्लब बेलबारी, बेलबारी फुटबल क्लब बेलबारी,... पुरा पढ्नुहोस

एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल शुरु, थाइल्याण्डसंग नेपाल पराजित

किशोर बुढाथोकी । आगरा (भारत) /भारतको आगरामा सुरु एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा थाईल्याण्डसंग नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो । शारीरिक रुपमा मजवुत देखिएको थाईल्याण्ड भन्दा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नतिजा भने आफ्नो पक्षमा पार्न... पुरा पढ्नुहोस

बेलबारीमा प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा बेतना बिजयी

बेलबारी, मोरङ / मोरङको बेलबारीमा प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्मृति फुटबल युवा समुह बेलबारी–४ को आयोजना र ईमानसिंह फुटबल क्लबको सह-आयोजनामा  बेलबारी –३ स्थित बेलबारी रंगशालामा शनिबारबाट प्रतियोगिताको सुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि युवा भन्ने नारासहित असोज १३ गते सम्म चल्ने... पुरा पढ्नुहोस

पहिलोपटक एसियन च्याम्पियनसीप फुटबल खेल्न भारत पुग्यो नेपाली राष्ट्रिय टोली

भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली बिहीबार भारत प्रस्थान गरेको छ । प्रतियोगिता ४६ औं संस्करणसम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले पहिलो पटक सहभागीताको अवसर... पुरा पढ्नुहोस

बिर्तामोडलाई ६ – ० ले पराजित गर्दै मोरङ एकेडेमीले जित्यो डांगीहाट गोल्डकपको उपाधी

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्द एयर डांगीहाट गोल्डकपको उपाधी मोरङ फुटबल एकेडेमी उर्लाबारीले जितेको छ । लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लबलाइ ६-०  ले पराजित गर्दै मोरङ एकेडेमीले उपाधी जितेको हो । अपरान्ह ३ बजे शुरु भएको खेलको पाँचौ मिनेटमा नै मोरङका... पुरा पढ्नुहोस