मन्त्री र नेताहरुको जमघटसहित जनसांस्कृतिक महासंघ मोरङले गर्यो भब्य सांस्कृतिक कार्यक्रम

  • २८ आश्विन २०७५, आईतवार
  • 1229 पटक पढिएको

पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्द जनसांस्कृतिक महासंघ मोरङले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा मोरङको बेलबारीमा सो कार्यक्रम गरेको हो । बेलबारीस्थित सांस्कृतिक भवनमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु बिनोद ढकाल, गोपी अछामी,महेश रेग्मी, नेकपाका १ नम्बर प्रदेश  अध्यक्ष देवराज घिमिरे, नेकपा मोरङका अध्यक्ष रिषिकेश पोख्रेल, नेकपा मोरङका सचिब गणेश उप्रेती, प्रदेश सभाषद राजकुमार ओझा, सरिता खड्का, मधु गुरुङ बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली लगायतका विशिष्ठ महानुभावहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री लालबाबु पण्डितले मुलुक संघीय संरचनामा जाने क्रममा रहेकोेले विकास हुन समय लाग्ने वताए । उनले अहिले सरकार कानुन वनाउने क्रममा रहेकाेले परिणाम नदेखिएकाे वताए । उनले बृद्दबृद्दा र अपांग लगायतलाई दिइने सामाजिक सुरक्षा भत्ता बृद्दी नगरिएको टिप्पणीको बचाउ गर्दै गरिबलाई धेरै भत्ता र धनीलाई थोरै भत्ता दिने ब्यवस्था गर्न सो रकम नभढाइएको दाबी गरे । बेलबारी नगरपालिकाले जग्गा ब्यबस्थापन गरी प्रस्ताव पठाएमा बहुसांस्कृतिक सामुदायिक भवन बनाउन संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले सहयोग गर्ने उनले आश्वासन दिए ।

प्रदेशसभा सांसद राजकुमार अाेझाले मुलुक नयाँ सिराबाट अघि वढिरहेकाेले जनअपेक्षाकृत रुपमा काम हुन नसकेकाे स्विकार गर्दै अब चाँडै त्यसकाे नतिजा देखिने वताए ।

 कार्यक्रममा बिराट कला समूहका कलाकारहरुले मगर जातिहरुको सांस्कृतिक नृत्य र बेलबारीका स्थानीय कलाकारहरुले थारु नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी  तारा पराजुली, लता कार्की, रेखा सुवेदी र गणेश उप्रेती शशिकिरणले  कविता बाचन गरेका थिए । सो अबसरमा अन्य विभिन्न कलाकारहरुले ९ वटा गीत गाएका थिए ।  सन्जिव घिमालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जेबी थुलुङ्ले गरेका थिए ।