इलेक्ट्रोनिक्समा मोबाइल किन्ने धिमाल दम्पतीले पाउनेभए सिंगापुर  घुम्न

  • २३ आश्विन २०७५, मंगलवार
  • 319 पटक पढिएको

 सिद्दार्थ इलेक्ट्रोनिक्समा सामसुङ मोबाइल किनेका मोरङ  बेलबारी १० का ज्योति धिमालको दम्पत्तिले एक हप्ताको सिंगापुर यात्रा गर्ने अबसर पाएका छन् ।

सामसुङको दशैं तिहार अफर अन्तरगत सामसुङको J4 खरिद गरेका ज्योति दम्पत्तिले सो अबसर पाएका हुन् ।  ज्योतिले असोज १९ गते १५ हजार ५ सय रुपैयाँमा सो मोबाइल किनेका थिइन्  ।  अरुले लाखौं खर्चेर मोबाइल किन्दा कुनै उपहार नपर्ने भएपनि आफुले सस्तो मोबाइल किन्दा सिंगापुर घुम्ने अबसर पाएको र आफू भाग्यमानी भएको ज्योतिले बताइन् ।
सामसुङले दशैं तिहार अफर अन्तरगत सो कम्पनीका मोबाइल तथा इलेक्ट्रोनिकस सामानको खरिदमा पाइने कुपनको लक्की ड्र बाट सिंगापुर टुर लगायतका विभिन्न उपचार योजना ल्याएको छ । सिद्दार्थ इलेक्ट्रोनिक्सले पनि दशैं तिहार अन्तरगत  विभिन्न मोबाइलको खरिदमा लक्की ड्र बाट १० हजारदेखि एक लाखसम्मका उपहार योजना ल्याएको छ ।