चाडपर्ब नजिकिदै गर्दा बेलबारी नगरपालिकाले शुरु गर्यो बजार अनुगमन

  • २३ आश्विन २०७५, मंगलवार
  • 551 पटक पढिएको

बेलबारी, मोरङ / चार्डपर्ब नजिकिदै जाँदा बेलबारी नगरपालिकाले बजार अनुगमन थालेको छ ।

बजार ब्यस्त बन्दै जान थालेपछि नगरपालिकाले अनुगमन थालेको हो । उपभोक्ताहरु नठगिउन भनेर अनुगमन गर्न थालिएको अनुगमन समितिले जनाएको छ । आईतबार बेलबारी २ लालभित्तिमा गरीएको अनुगमनमा अधिकाश पसलहरु दर्ता नभइ चलेका, सामग्री किन बेच गर्दा बिल प्रयोग नगरेको पाइएको अनुगमन समितिका संयोजक तथा नगपालिकाका शाखा अधिकृत महेन्द्र खडकाले बताए ।

नौ वटा पसलमा गरीएको अनुगमनमा मुल्य सुचि समेत ब्यापारीहरुले नराखेको पाइएको संयोजक खडकाले बताए । सुचि दर्ता ब्याबसाय दर्ता समेत नभएको भेटिएको संयोजक खडकाले बताए । अनुगमन टोलिले ब्याबसाय दर्ता नभएका मुल्य सुचि नराखेका पसलहरुलाई ७ दिन भित्र मापदन्ड पुर्याउन समेत निर्देशन दिएको छ ।

मासु पसल, सनु पसल, इलेक्ट्रोनिक्स, किराना, बस्त्रालय, औषधि पसल, एग्रोभेट लगायतका पसलको अनुगमन गरीएको थियो । टोलिले एक हप्ता पछि पुन अनुगमन गर्ने समेत जनाएको छ । पहिलो चरणमा अनुगमन टोलिले ब्यबासय दर्ता,नबिकरण,मुल्य सुचि, होेटल तथा पसलको सरसफाई लगायत ब्याबसायिले सेवाग्रहि सग गर्ने ब्यबहार हेरेको र ७ पछाडि आउदा खाध्यन्न बस्तुहको समेत अनुगमन गरीने जनाइएको छ ।