बिर्तामोडलाई ९ बिकेटले हराउँदै रात्रिकालीन क्रिकेटको सेमिफाइनलमा पुग्यो बेलबारी

  • २३ आश्विन २०७५, मंगलवार
  • 1241 पटक पढिएको

सुनसरीको इनरुवामा जारी रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा बेलबारी क्रिकेट क्लब बिजयी भएको छ ।
पहिलो खेलमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारीले दोस्रो खेलमा समेेत राम्रो नतिजा निकालेको छ । सोमबार राती सम्पन्न खेलमा बेलबारीले बिर्तामोडलाई ९ बिकेटले पराजित गरेको छ ।
इनरुवा खेल मैदानमा टस जितेर बेलबारीले फिल्डिङ रोजेपछि बिर्तामोड पहिलो ब्याटिङमा उत्रिएको थियो ।
बिर्तामोडले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १ सय २० रनको मध्यम लक्ष दिएको थियो ।
बिर्तामोडका लागि अमित न्यौपानेले नट आउट ४२ र रुपक बरालले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन जम्न सकेन् । १ सय २१ रनको बिययी लक्ष बेलबारीले १३ दशमलव ५ ओभरमा १ बिकेट गुमाएर भेटायो । बेलबारीलाई ९ बिकेटको जित दिलाउने क्रममा बिकेश बन्जराले ६५ रन र बिप्लब घोषले ३२ रनको पारी खेलेका थिए । खेलको म्यान अफ दी म्याच बिकेश बनजारा घोषित भएका छन् ।
जितसँगै बेलबारी सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा बेलबारीले बिराटनगरको सामना गर्ने छ । बिरााटनगर भने काठमाण्डौंलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।