पथरीमा खुला नकआउट फुटबल शुरु

  • २२ आश्विन २०७५, सोमबार
  • 219 पटक पढिएको

दशैं तिहार र छठ पर्वको सन्दर्भ पारेर मोरङको पथरीशनिश्चरे १ मा खुला नकआउट फुटवल प्रतियोगिता  सुरु भएको छ ।

सुनाखरी युवा क्लबको आयोजनामा पथरीको सुनाखरी खेलमैदानमा आगामी असोज २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सोमबार  एक कार्यक्रमकाबीच नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाई, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, युवा शिक्षासेवी प्रदिपकुमार राई सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक र लेटाङ फुटबल क्लबबीच भएको छ । प्रतियोगितामा आयोजक सुनाखरी युवा क्लव, लेटाङ फुटवल क्लव, धरान फुटवल क्लव,वेलावरी फुटवल क्लब, योसेक फुटवल क्लव, दमक फुटवल क्लव र पथरी स्पोर्टिङ क्लब गरी ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेता टिमलाई ५१ हजार १ सय ११ र उपविजेतालाई ३१ हजार १ सय ११ रुपैंया सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष मिलन राईले बताउनु भएको छ ।

प्रतियोगितामा आर्थिक सहयोग जुटाएर करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताभर उत्कृष्ठ खेल प्रस्तुत गर्ने खेलाडिलाई प्रोत्साहन स्वरुप वेष्ट प्लेयर अफ दी टुर्नामेन्ट विधामा नगद ५ हजार र ट्रफीले पुरस्कृत गरिने छ ।