अपांग र असहाय महिलालाई खाध्यान्न र लत्ता कपडा दिए दुइ वडा सदस्यले

  • २२ आश्विन २०७५, सोमबार

उत्तम पोख्रेल, बेलबारी /जनताले तिरेको करबाट जनप्रतिनिधिले सेवा सुबिधा लिइरहेको भन्ने गुनासो बढि रहेका बेला  बेलबारी २ का दुई जना वडा सदस्य खिना थापा तथा मनु श्रेष्ठले एक अपाग महिलालाई दशैका लागि खाध्यान्न र लत्ता कपडा  दिएका छन ।

बोली समेत नआउने बेलबारी २ की देशमाया राइलाई उनीहरुले दाल,चामल,चिउरा, तेल, नुन, सिरक,डसना र तन्ना लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् । आफन्त समेत गुमाई सकेकी शारिरिक अपागं रहेकि राईलाई जनप्रतिनिधिकै रोवरमा घर बनिरहेको छ । दशै पछाडी उक्त घर समेत हस्तान्तरण गर्ने वडा सदस्य थापाले बताईन ।

राज्यबाट दिएको सेवा सुबिधाबाट राईलाई सहयोग गरेको थापाले बताईन । सवैतिर दशै आयो भनेर खुशी भएको बेला कोहि नभएकी राईलाई दैनिक बिहान बेलुका छाक टार्न समेत समस्या देखेपछि सहयोग गरेको वडा सदस्य श्रेष्ठले बताईन । चाडपर्ब नजिकिदै जाँदा खान लाउन समेत समस्यामा परेकी अपागंमहिलालाई गरेको सहयोगले जनप्रतिनिधि प्रतिको आश जनतामा पलाउदै जान थालेको छ ।