प्रवेशद्धार बनाउन फुटवल प्रतियोगिता आयोजना

  • २१ आश्विन २०७५, आईतवार
  • 867 पटक पढिएको

विवेक मिश्र, बेलवारी / मोरङको बेलवारी ११ लक्ष्मीमार्गमा जारी प्रथम जुराहा च्यालेन्ज कप फुटवल प्रतियोगितामा शनिवार भएको खेलमा सुकुना फुटवल क्लवलाई त्रिवेणी फुटवल क्लवले ४ अन्तर ५ गोल अन्तरले विजयी भएको छ ।

भिमहीरा सगरमाथा युवा क्लव र जुराहा टोल विकास संस्थाको संयुक्त आयोजनामा यहि असोज २७ गते देखि शुरु भएको उक्त खेलमा बेलवारी नगर आसपासका १२ टिम सहभागी रहेको खेल संयोजक अजय श्रेष्ठले बताए ।

बेलवारी फुटवल क्लव, संगम फुटवल क्लव, बेतना युनाइटेड, इम्ब्रीयो फुटवल क्लव, त्रिवेणी फुटवल क्लव, सुकुना फुटवल क्ल, विदुर फुटवल क्लव, भाउन्ने फुटवल क्लव, जुराहा फुटवल क्लव, लालभित्ति फुटवल क्लव लगायतका टिमहरुको सहभागीता रहेको संयोजक श्रेष्ठले बताए ।

पिके सर्फ प्रोडक्सले मुख्य प्रायोजन गरेको उक्त खेलको खर्च कटाएर बचेको रकमबाट जुराहा प्रवेश द्धार बनाउने योजना रहेको आयोजक समितिका सदस्य कमल गुरुङले बताए ।