कन्चनजङ्गा साकोसको छैटौं साधारणसभा तथा अधिवेशन सम्पन्न,११ सदस्यीय समिति गठन

  • १८ आश्विन २०७५, बिहीबार
  • 303 पटक पढिएको

तुलसीराम धमला, तेह्रथुम/ अाठराईकाे थाेक्लुङ्गस्थित कंन्चनजङ्गा बचत तथा ऋण सहकारी संस्थाकाे  छैटौं साधारणसभा  तथा तेस्रो अधिवेशन अाज सम्पन्न भएको छ ।
 अधिवेशनबाट पुन अभिनारायण पराजुलीकाे अध्यक्षतामा ११ सदस्य नयां सन्चालक समिति चयन भएको छ ।
समितिकाे उपाध्यक्षमा कमला देवि कन्दङवा, सचिवमा दिल बहादुर कन्दङवा,
सहसचिवमा जय प्रसाद उप्रेती र काेषाध्यक्षमा पदमा सापकोटा रहनु भएकाे छ ।
त्यस्तै  प्रेम प्रकाश लामिछानेकाे संयाेजकत्मा ३ सदस्य लेखा समिति समेत चयन भएकाे छ ।
साधारणसभाले संस्थाकाे काेषाध्यक्ष पदमा सापकोटाले प्रस्तुत गरेको ३६ लाख ८४ हजार  ४ सय २५ रुपैयाँ  बराबरकाे अार्थिक प्रतिवेदन  सभाले सर्वसम्मत पारित गरेकोे छ ।
कार्यक्रम अाठराई गाउँपालिकाका कार्यवाहक अध्यक्ष  बिष्णु प्रसाद अाेलि काे प्रमुख अातित्यथा तथा संस्थाका अध्यक्ष अभिनारायण पराजुलीकाे अध्यक्षतामा सम्पन्न भएको हो ।
साेहि अवसरमा नियमित बचत कर्ता सुकमाया कन्दङ्वा असल ऋणि सुमन चम्लगाँई र संस्थाका शेयर सदस्यकाे परिवारबाट माध्यमिक परिक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र संगम रसाइली र छात्रा सविना श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।
सभामा वडान. ७ का वडा सदस्य हरिप्रसाद पराजुली, माविका प्रधानध्यापक प्रेम प्रकाश लामिछाने चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थाका सचिव बिनाेद न्याैपाने लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।२०६८ सालमा स्थापना भएको सहकारीमा हाल ६ सय २ जना सेयर सदस्य रहेका छन ।