ढल्केजाेवन फुटवल प्रतियाेगिता : सुकुनालाई २-४ ले हराउँहै एभरेष्ट सेमिफाईनलमा

  • १७ आश्विन २०७५, बुधबार

बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर बेलबारी २ मा संचालन भैरहेकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे दाेश्राे दिनकाे खेलमा २ का विरुद्ध ४ गाेलले सुकुना फुटवल क्लवलाई हराउँदै एभरेष्ट भेट्रान्स फुटवल क्लबले अाफ्नाे सेमिफाईनलकाे यात्रा पक्का गरेकाे छ ।

नरेन्द्र स्मृति क्लब बेलबारीकाे व्यानरमा रमिते सामुदायिक वनकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीस्थित शिंहदेवि खेलमैदानमा संचालन भैरहेकाे ३५ वर्षभन्दामाथिकाे प्रतियाेगिताकाे दाेश्राे दिनकाे खेलमा निर्धारित अवधिभर कुनै गाेल नभए पछि फ्रि किकबाट खेल टुङ्ग्याएकाे थियाे । फ्रि किकमा एभरेष्ट भेट्रान्सका जर्सी नं १० विनाेद लामा, जर्सी नं ९ का विमल लिम्बू, शन्ताेष लिम्बू र दिपक लिम्बूले १/१ गाेल गरेर अाफ्नाे टिमलाई ४ गाेल दिलाएका थिए भने सुकुनाका सन्देश श्रेष्ठ र जर्सी नं ७ का खेलाडीले १/१ गाेल गरेका थिए ।

सुकुना फुटवल क्लवले सुरुमा विपक्षीलाई दवावमा राखे पनि निर्धारित समयमा कुनै गाेल गर्न सकेन । निर्धारित समयमा कुनै गाेल हुन नसके पछि ४ मिनेटकाे समय थप गरिएकाे थियाे । थपिएकाे समयमा पनि कुनै गाेल नएपछि फ्रिकिकबाट खेल टुङ्ग्याउनु परेकाे थियाे । अाठवटा टिम सहभागिता रहने याे प्रतियाेगिताकाे फाईनल खेल २३ गते मङ्गलवार हुने अायाेजकले जनाएकाे छ । भाेलिकाे खेल लालभित्ती भेट्रान्स र केरावारी भेट्राान्स विच खेल हुने छ ।