चाडपर्वलाई लक्षित गरी सिद्दार्थ इलेक्ट्रोनिक्सले ल्यायो विभिन्न उपहार योजना

  • १६ आश्विन २०७५, मंगलवार

मोरङको बेलबारी ३ मा रहेको सिद्धार्थ ईलेक्ट्रोनिक्सले दशै,तिहार तथा छठ पर्वको अबसरमा उपहार योजना सार्बजनिक गरेको छ ।

चाडपर्वहरुको अबसरमा ईलेक्ट्रोनिक्सले बिभिन्न उपहार योजना सार्बजनिक गरेको सञ्चालक दिपेन्द्र पोद्धारले जानकारी दिएका छन । यसअघि पनि बिभिन्न उपहार योजना सार्बजनिक गरिसकेको र यसपटक पनि ग्राहकहरुका लागी बिशेष योजना सञ्चालन गरेको सञ्चालक जितेन्द्र पोद्धार बताउँछन ।

१ हजारदेखि १० हजार सम्म सामान किन्दा १ थान,१० हजारदेखि २० हजार सम्मको सामान किन्दा २ थान,२० हजारदेखि ३० हजारसम्ममा ४ थान,४० देखि ५० हजार सम्मको सामान किन्दा ५ थान चिठ्ठा प्रदान गरिने र गोलाप्रथाद्धारा एकजना भाग्यशाली ग्राहक छानी ३२ ईन्चको एलईडी टिभि,स्मार्ट फोन,लगायतका बिबिध उपहारहरु प्रदान गरिने जनाईएको छ ।