३५ वर्षभन्दा माथिकाे फुटवल प्रतियाेगिता : सुनगाभालाई १ का विरुद्ध ४ ले हराउँदै पथरी विजयी

  • १६ आश्विन २०७५, मंगलवार
  • 623 पटक पढिएको

केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर नरेन्द्र स्मृति क्लव बेलबारीकाे व्यानरमा रमिते सामूदायिक वनले अायाेजना गरेकाे लालभित्ती ढल्केजवानी फुटवल प्रतियाेगिताकाे पहिलाे खेलमा सुनगाभा सृजनशील फुटवल क्लव सुन्दरहरैचालाई १ का विरुद्ध ४ गाेल हराउँदै पथरीले अाफूलाई दरिलाे दावेदारकाे रुपमा उभ्याएकाे छ ।

३५ वर्षभन्दा माथिकाे याे प्रतियाेगितामा उत्तरी माेरङका ८ वटा टिमले भाग लिने छन् ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीस्थित शिंहदेवि खेलमैदानमा संचालन भएकाे प्रतियाेगिताकाे उद्घाटन बेलबारी नगरपालिका वाडा नं २ का वाडाध्यक्ष घनश्याम गाैतमले गरेका थिए ।

उक्त प्रतियाेगिताकाे उद्घाटन खेलमा शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापा, बेलबारी प्याब्सनका अध्यक्ष भूपाल बस्नेत, बेलबारी खेलकुद विकास समितिका अध्यक्ष कृष्ण गुरुङ, बेलबारी नगरकार्यपालिका सदस्य खिना बस्नेत, वार्ड सदस्य कृष्णबहादुर लिम्बू, रमिते सामूदायिक वनका अध्यक्ष प्रेमबहादुर राई, वागदेवी सामूदायिक वनका उपाध्याक्ष भाेला नेपाल, स्थानीय समाजसेवी सनदकुमार ढकाल, मायालु हातहरुकी अध्यक्ष सन्जु हुमागाई, लगायतकाे उपस्थिती  थियाे ।

मंगलबारकाे पहिलाे खेलमा पथरी फुटवल क्लव र सुनगाभा सृजनशील फुटवल क्लव सुन्दरहरैचाविच प्रतिस्पर्धा भएकाेमा पथरीले सुनगाभालाई १ का विरुद्ध ४ गाेलकाे फराकिलाे अन्तरले विजय हासिल गर्न सफल भएकाे छ ।

सुरु देखि नै सुनगाभालाई दवावमा राखेकाे पथरीले ४ गाेल हान्दा ससनगाभाले १ गाेल मात्र हान्न सक्याे । पथरीका संयाेग राईले ९ र ६१ मिनेटमा २ गाेल र वुद्धबहादुर मगरले ७१ मिनेटमा जाेन सुब्बाले ६१ मिनेटमा १/१ गाेल गरेका थिए भने सुनगाभाका कुमार राईले ७५ अाैं मिनेटमा १ गाेल हानेर अाफ्नाे टिमलाई शून्यका विरुद्ध ४ हुनबाट वचाएका थिए ।

बुधबार अर्थात भोलिकाे खेल एभरेष्ट भेट्रेन क्लव र काेसिहरैंचा भेट्रेन क्लबविच खेल हुने छ ।विभिन्न अाठवटा टिम सहभागिता रहने याे प्रतियाेगिताकाे फाईनल खेल २३ गते मङ्गलवार हुने अायाेजकले जनाएकाे छ ।