यौनहिंसा पीडित छोरीहरुद्वारा बलात्कारीलाइ फाँंसी दिने कानुन बनाउन माग 

  • १३ आश्विन २०७५, शनिबार
  • 359 पटक पढिएको

विभिन्न तवरले यौन हिंसामा परि रक्षा नेपालमा साहारा लिईरहेका किशोरीहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापाको सामु बलात्कारीलाई फांसीको सजाय हुनुपर्ने माग राखेका छन् ।
रक्षा नेपालमा संरक्षित बालिका तथा किशोरीलाई भेट्न रक्षा नेपालको कार्यालय पुग्नु भएकी मन्त्री थापाले संबोधन गर्दै संविधानतः जसको कोहि छैन  त्यसको अभिभाबक राज्य हुने हुँदा कुनै चिन्ता नलिई , आफ्नो सुन्दर भबिस्य निर्माणमा सधै लागि पर्नु  भन्दै  पीडित को लागि नेपाल सरकार सदैब गम्भीर रहेको छ भन्ने कुरामा विश्वास राख्न आग्रह गर्दै हिंसा पिडित महिला तथा बालबालिकाको लागि आवश्यकता अनुसार को ऐन , नियम,कानुन निर्माण तथा परिमार्जन समेत भईरहेर्को ै बताउनु भयो ।
मन्त्रि थापाले नेपाल सरकार महिला हिंसा , मानब बेचबिखन शुन्य मा झार्न प्रतिबद्ध रहेकोले सबैले सकेको मद्दत गर्नु पर्ने बताउनुभयो ।  रक्षा नेपालले अनबरत रुपमा लामो समय देखि हिम्सा पिडितलाइ न्याय , मानसिक र शारीरिक उपचार तथा सिप ,शिक्षा र स्वरोजगारको व्यवस्था गरि समाजलाई ठुलो गुण लगाएकोमा धन्यवाद दिदै बलात्कारीलाई कडा कानुन बनाएर पिडितलाई छिटो न्याय दिनकै लागि पनि आफु वास्तविक पिडितको समस्या प्रत्यक्ष सुन्न रक्षा नेपाल आएको पनि बताउनुभयो ।
रक्षा नेपालले बिगत १५ वर्ष देखि यौनजन्य हिसा, बलात्कार तथा आन्तरिक बेचबिखनको बिरुद्ध कार्य गर्दै आइरेको छ  ।