चाेरीएकाे हिराकाे अाैंठी र सिक्री सहित ३ जना अभियुक्त पक्राउ

  • ११ आश्विन २०७५, बिहीबार
  • 443 पटक पढिएको

बेलबारी, माेरङ/ ईलाका प्रहरी कार्यालय बेलबालारीले चाेरीकाे हिराकाे अाैंठी र सिक्री सहित ३ जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीमा बिहीबार पत्रकार सम्मेलन गरेर ती अभियुक्तहरुलाई सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका वार्ड नं ४ का वर्ष ३४ का सुरज गुरुङ, बेलबारी ३ का वर्ष ३० काा काैशिराज राई र र ईटहरी उपमहानगर पालिका वार्ड नं २० कि लालकुमारी राई छन् । उनीहरूलाई पक्राउ गरी अनुसन्धान भैरहेकाे ईलाका प्रहरी बेलबारीले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक रामकुमार राईका अनुसार अभियुक्त सुरज गुरुङ र काैशिराज राईलेलेे बेलबारी नगरपालिका वार्ड नं ४ का अमृत गुरुङ सुतिरहेकाे अवस्थामा सुनकाे सिक्री र हिरा जडित अाैंठी चाेरेर फरार रहेकै वेलामा चाेरेका सामान सहित प्रहरीले पक्राउ गर्न सफल भएकाे थियाे ।

सिक्रीकाे बजार मूल्य १ लाख ५० हजार बरावर र हिरा जडितअाैठीकाे मूल्य रु ७ लाख ५० हजार पर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिईयाे ।

त्यस्तै ईलाका प्रहरी कार्यालयले अबैध हातहतियार र मृगका छाला सहित सुन्दरहरैचाका नगरपालिका ७ का नृशिंह राईलाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेकाे वताएकाे छ ।