चुनाब आउनै लाग्दा प्रेस युनियन मोरङमा भाँडभैलो, ४६ जनाले दिए सामुहिक राजीनामा

  • ११ आश्विन २०७५, बिहीबार
  • 541 पटक पढिएको

नेपाल प्रेस युनियन मोरङको जिल्ला अधिवेशनको मुखैमा ४२ सदस्यले सामुहिक राजिनामा दिएका छन् । प्रेस युनियन नेतृत्व चयनमा बिवाद बढेपछि भोजराज बस्नेत नेतृत्वमा पूर्वी मोरङका ४२ सदस्यहरुले सामुहिक रुपमा राजिनामा दिएका हुन् ।

प्रेस युनियनको जिल्ला सभापतिमा कुमार लुइटेल र भोजराज बस्नेतले दोबेदारी प्रस्तुत गरीरहेका छन् । लुईटेल बर्तमान कार्यसमितका उपसभापति हुन् भने बस्नेत गत अधिवेशनमा सभापतिमा मिनकुमार नवोदितसँग २ मतले पराजित भएका थिए ।

लुईटेललाई डेढ बर्ष अघि पत्रकार महासंघ मोरङको सचिवमा उठाउने तयारी गरेपनि अन्तिम समयमा प्रेस युनियनले ब्याक गराएको थियो ।  महासंघको निर्वाचनका बेला अनन्त न्यौपानेलाई अध्यक्षमा उठाउँने बेला भोजराज बस्नेतलाई प्रेस युनियनको सभापतिको जिम्मेवारी दिने भद्र सहमती भएको थियो । तर सहमती कार्यन्यन गर्ने अवस्था नरहेकाले सामुहिक राजिनामा दिएको बस्नेतले  बताए ।

जिल्लाको नेतृत्व सदरमुकाम बाहिर दिने सहमती भएपनि विराटनगरमा नै राख्ने सडयन्त्र भएको बस्नेतको आरोप छ । बुधबार  भएको भेलाले बस्नेतको नेतृत्वमा ४६  जनाले सामुहिक राजिनामा दिएका हन् ।

राजिनामा दिनेहरुमा बस्नेत सहित दिनेश गिरी, राजु बस्नेत, केदार अधिकारी, सञ्जय गुरुङ, रेखा गुरुङ, अनु निरौला, दिपा बिष्ट, बबिता राई, सञ्जय राई, डम्बर बिक, भुवन कार्की, अनिल बराल, हिमाशुं राय, बिबेक मिश्र, गणेश पोखरेल, गोपाल काफ्ले र भिमराज अधिकारी, हरि कोइराला, रुपेन्द्र शेर्मा, तेजन खडका, दुर्गाप्रसाद खतिवडा, प्रशान्त निरौला,किशोर श्रेष्ठ लगायत छन् ।

प्रेस युनियन मोरङमा नयाँ पुराना गरी करिब १४५ जना सदस्यहरु रहेका छन् । जसमा  ४० प्रतिसत सदस्य बिराटनगर बाहिरका छन् । पटक पटक सहमती गर्न प्रयास गर्दा पनि सहमति हुन नसकेको र नेतृत्व बाहिरबाट पनि गर्न पाउनुपर्ने माग उठाइरहदाँ पनि सुनुवाइ हुन सकेको छैन् । अब चाँडै नै नयाँ संगठनको घोषणा गरिने जनाइएको छ । युनियनबाट फुटेको भएता पनि पाटीगत रुपमा भने नेपाली कांग्रेस आस्थावान संगठन रहने बस्नेतले बताए । प्रेस युनियनको सट्टामा नेपाली कांग्रेस आस्थावान अर्को संगठन तयार गर्ने तयारी भइरहेको बताइएको छ ।