बिराटचोकमा गायक हेमन्त शर्मा सहितका स्रष्टाहरुको सुमधुर साँझ सम्पन्न

  • १० आश्विन २०७५, बुधबार
  • 305 पटक पढिएको

केशु विरही, बिराटचोक मोरङ/ नझरेका फूलहरुनामक रेडियो कार्यक्रमले आफ्नो तेह्रौ शृङ्खला अन्तरगतको पलेंटी साँझ कार्यक्रम सम्पन्न गरेको छ ।

कोसी उ्योग वाणिज्य संघ सुन्दरहरैचाको सभाहलमा संचालित उक्त कार्यक्रममा वरिष्ठ गायक एल पि जोसी प्रमुख अतिथिको रुपमा प्रस्तुत गरिएको थियो ।

पछिल्लो पुस्ताका लोकप्रिय गायक हेमन्त शर्मा सुमधुर साँझनाम दिएको उक्त कार्यक्रममा साहित्यकार तारा पराजुली, मिनकुमार श्रेष्ठ नवोदित र गायिका यमुना पराजुली प्रस्तुति रहेको थियो ।दर्षक तथा श्रोताले खचाखच भरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि एल पी जोसीले आफ्नो ८३ वर्षे उमेरमा पनि देखाएको स्फुर्तिले सवैलाई उत्साहित तुल्याएको थियो । उनले आफ्नो पुरानो ूरिटिङ रिटिङ नवजाउ विनायो वोलको गित गाएका थिए ।

साहित्यकार मीनकुमार नवोदितले देशको नाममा र शाशक र भगवानू शीर्षकका आफ्ना २ वटा कविता वाचन गरेका थिए भने तारा पराजुलीले अस्विकृत उपहारू र गिटी कुट्ने केटी शीर्षकका २ वटा कविता वाचन गरेकी थिईन । साहित्यकार मिनकुमारले नवोदितले आफूले धेरै ठाउँँका कार्यक्रमभन्दा पृथक तथा महत्वपूर्ण भएको वताएका थिए ।

साे अवसरमा तिला लेकाली, धनजित पराजुली, जेवि थुलुङ, गणेश लामा अाँसु, दुर्गा पराजुली, लगायतका स्रस्टा तथा कलाकारहरुकाे सहभागिता रहेकाे थियाे ।

साहित्य कला र सङ्गीतको संरक्षण र सम्वर्धनको उद्देश्य लिएको रेडियो कार्यक्रमले नियमित रुपमा यस्ता कार्यक्रम संचालन गर्दै आएको छ । यसभन्दा अघि पनि राष्ट्रियस्तरका कलाकार तथा स्रष्टाहरुलाई सम्मानको कार्यक्रम सम्पन्न गरेको थियो ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं १० वाडाध्यक्ष राजेश थापाले उपस्थितलाई स्वागत गर्दै् आयोजकलाई धन्यवाद दिएका थिए ।

नझरेका फुलहरुका प्रस्तोता केपि घिमिरेको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन शन्तोष वान्तवाले गरेका थिए ।