एन प्याब्सन माेरङको जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियाेगिता सम्पन्न

  • ९ आश्विन २०७५, मंगलवार

बेलबारी, माेरङ/ निजि तथा अावासीय विद्यालयहरुकाे अर्गनाईजेशन एन प्याब्सन माेरङले जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक भवनमा संचालन भएकाे फाईनलमा अाधारभूत तहका १२ र मावि तहका १२ विद्यालय गरी २४ वटा विद्यालयहरुकाे सहभागिता रहेकाे थियाे ।

सोमबारकाे फाईनल प्रतियोगिताकाे उद्घाटन समाराेहमा प्रमुख अतिथि नेपाल प्याब्सन का प्रदेश नं १ का अध्यक्ष जयबहादुर श्रेष्ठ थिए भने बेलबारी नगरपालिकाका शिक्षा विभाग प्रमुख जीवन गड्ताैला आदिको उपस्थिती रहेकाे थियाे ।

एन प्याव्सनका जिल्ला अध्यक्ष सुनिलदत्त अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रममा अाधारभूत र मावि तहकाे फाईनल प्रतियाेगिता १२/१२ विद्यालयहरुकाे सहभागिता रहेकाे थियो ।