प्याब्सन बेलबारीकाे प्रथम नगर अधिवेशन सम्पन्न

  • ८ आश्विन २०७५, सोमबार
  • 165 पटक पढिएको

प्याव्सन नगरसमिति बेलबारीको पहिलो नगर अधिबेशनले भुपाल बस्नेतको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको सचिवमा महेन्द्र गीरी कोषाध्यक्षमा चन्द्र मणि भन्डारी तथा सदस्यहरुमा राजन दंगाल तेज बहादुर दाहाल, हरि काफले पृथ्बी आलेमगर चयन भएका छन ।

बेतना सिमसारकाे सभाहलमा सम्मपन्न उक्त अधिवेषनकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका शिक्षा विभाग प्रमुख जीवन गड्ताैला, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, नेल्टाका प्रदेश नं १ का सभापति नरप्रसाद भण्डारी लगायत विभिन्न रानैतिक पार्टीका प्रतिनिधि अादिकाे सहभागिता रहेकाे थियाे । भूपाल बस्नेतकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे संचालन महेन्द्र गिरीले गरेका थिए ।