खुर्शीद अन्सारीका हत्यारा पत्ता लगाइछाड्ने गृहमन्त्रीको आश्वासन

  • ४ आश्विन २०७५, बिहीबार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार सुनसरीमा अज्ञात समुहले गरेको  खुर्शिद अन्सारीको हत्यालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् ।

 गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा बिहीबारै गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
उनलेे घटनालाई सरकारले गम्भिर रुपमा लिएको र अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्ने दाबीसमेत गरे ।

 नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनले उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने आश्वासन दिए ।
उनले मृतक अन्सारीप्रति श्रधाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानियहलाई संयमित हुन समेत आग्रह गरे ।
संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरु देखि भईरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गनुपर्ने बताए । उनिहरुले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भिर हुनुपर्नेमा समेत जोड दिएका थिए ।