बुद्द एयर डांगीहाट गोल्डकप : मोरङ एकेडेमी फाइनलमा प्रवेस

१ का विरुद्ध २ गाेल

  • २८ भाद्र २०७५, बिहीबार
  • 123 पटक पढिएको

केशु विरही, बेलबारी (लक्ष्मीमार्ग), मोरङ / मोरङ फुटबल एकेडेमी चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई हराउँदै लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्डकप २०७५ को फाइनलमा प्रवेश गरेको छ ।

बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई १ का विरुद्ध २ गोल छिराउँदै मोरङ एकेडेमी फाईनलमा पुुग्न सफल भएको हो ।

दोश्रो हापकको तुलनामा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि चर्च ब्वाइजले पाएका अवसरलाई सदुपयोग गर्न सकेन । यसरी आफूूले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा नतिजाबाट पनि हात धुन वाध्य भएको थियो ।

दोस्रो हाफपछि मोरङ एकेडेमीले खेलमा केही सुधार गरे पनि गोल संख्या वढाउँन भने सकेन ।

मोरङ एकेडेमीलाई जिताउँन जर्सि नं १५ का संजोग राई र जर्सि नं १० का विदेशी खेलाडी फ्रेंकको ठूलो भूमिका रह्यो । उनीहरुले एकरएक गोल गरे । उनीहरुले ललगाएको गोलले नै मोरङ एकेडेमीलाई सेमिफाइनलको यात्रा तय गर्न सहयोग पुर्यायो ।

खेलको ७८ औं मिनेटमा चर्च ब्वाईजका तर्फबाट जर्सि नं १७ का निरज बस्नेतले एक गोल फर्काएर खेललाई उत्ससाह थपिदिए तर पनि उनको गोल जितका लागि पर्याप्त हुन सकेन ।

खेलको ३७ औं मिनेटमा मोरङ्का लागि संजोग राईले पहिलो गोल गरेका थिए भने विदेसी खेलाडी फ्र्याङ्कले दाेश्रो गोल गरेका थिए । अन्तत ः यही दुई गोलले नै मोरङलाई जिताउँन सफल भयो ।

पहिलो हाफको अन्त्यमा अर्को गोल पनि थपिए पछि चर्च ब्वाईज दवावमा परेकको थियो । यो गोल विपक्षीलार्ई असफलता चखाउँन थप सहयोगी भएको थियो ।

२–० को अन्तर रहेको खेलमा ७८ औं मिनेटमा चर्च ब्वाइजका निरज बस्नेतले १ गोल गरे पछि खेलले अर्कै मोड लिएको थियो । गोलले दर्षकमा उत्साह थपे पनि अर्को गोल गर्न नसक्दा विपक्षीलाई फाईनलको वाटो खुल्ला गरेर आफू भने बाहिरिन वाध्य भएको थियो ।

चर्च ब्वाइजलाई रोक्नमा मोरङका गोल रक्षक किशोर गिरीको त्यतिकै योगदान रह्यो । उनले विपक्षीका तर्फबाट भएका पटक पटकका प्रहारलाई असफल तुल्याईदिएका थिए । २५ औं मिनेटमा कप्तान अरुण श्रेष्ठ, ३३ औं मिनेटमा भूवन बस्नेत, ५२ औं अरुण श्रेष्ठ, ६६ र ६९ औं मिनेटमा निजर बस्नेत, ७१ औं मिनेटको दिपेश श्रेष्ठको प्रहार त्यसै खेरा तुल्याइदिएका थिए ।

हुन त मोरङ एकेडेमीका प्रहारहरु पनि असफल भएका भने होईनन् । मोरङमा कर्ण लिम्बू पटक पटक असफल रहे भने ६० औं मिनेटमा शौजन राई, ७० औं मिनेटमा कर्णको सहयोगमा संजोग राईको प्रहार पनि सफल हुन सकेनन् ।

विहिवार विजयी भएको मोरङ एकेडेमीले आगामी शनिबार रेड हर्ष क्लब इलाम र विर्तामोड युनाइटेडबीचको विजेताको समाना गर्नु पर्ने छ ।

खेलको म्यान अफ दी म्याच मोरङका विवेक पौडेल घोषित भए भने खेलाडी पौड्याललाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पुरस्कार प्रदान गरे ।

शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा रेड हर्ष क्लब इलाम र विर्तामोड युनाइटेडबीच प्रतिष्पर्धा हुने छ ।