श्रमिक महिला समूह बेलबारीले गर्यो भब्य तिज विशेष कार्यक्रम

  • २७ भाद्र २०७५, बुधबार
  • 295 पटक पढिएको

केशु विरही, बेलबारी, माेरङ/ श्रमिक महिला समूह बेलबारीले अाज तिज वेशेष तथा सांस्कृतिक कार्यक्रमकाे अायाेजना गरि भड्किलाे र खर्चिलाे तिजकाे विराेध गरकाे छ।
बेलबारी नगरपालिका वार्ड नं १ काे हाटवजारमा संचालन भएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुलीले उद्घाटन गरेकी थिईन ।
उक्त अवसरमा बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी वार्ड नं  १ वाडाध्यक्ष चक्रबहादुर खुलाल, बेलबारी जेसिसका अध्यक्ष राजन प्रसाईं, उद्याेग वाणिज्य संघ बेलबारीका सचिव माधवराज थापा, माेरङ नेत्रहीन संघकी अध्यक्ष शावित्रा काेईराला, अमना सिसाैली सामूदायिक वनका अध्यक्ष लिला अाचार्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमलाई संवाेधन गर्दै बेलबारी नगरपालिकाका उपमेयर ढाकुमारी पराजुलीले चाडवाडले सबै समूदायलाई एक अापसमा जाेड्न सहयाेग गर्ने हुनाले यस्काे महत्वलाई वचाएर राख्नु पर्ने वताईन। साथै तिजलाई अाफ्नाे गच्छ अनुसार मनाउन र यसलाई भड्किलाे खर्चिलाे हुनबाट वचाउँनु पर्ने उनकाे जाेड रहेका थियाे ।
कार्यक्रममा अन्जु गाैतम, यमुना पराजुली, अमिसा रिसाल लगायतका गायिकाहरुले अा-अाफ्नाे प्रस्तुति दिएका थिए ।
साथै श्रमिक महिला समूहका सदस्यहका साथै विभिन्न डान्स सेन्टहरुकाे पनि प्रस्तुति रहेकाे थियाे ।
स्वागत नृत्यबाट सुरु भएकाे कार्यक्रममा बेलबारी नगरपालिका वाडा नं १ का चक्रबहादुर खुलाल, विन्दुकला गुरुङ लगायतले स्वागत मन्तव्य राखेका थिए ।
साथै अाजै श्रमिक महिला समूहका सदस्यहरुलाई सदस्ता प्रमाण पत्र पनि वितरण गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली तथा संस्थाकी अध्यक्ष नितु थापाले सदस्यता प्रमाणपत्र वितरण गरेका थिए ।
साथै अाजै रेडियाे वेतनाकाे अायाेजनामा बेतना सिमसारमा र कल्पेश्वर मन्दिरमा पनि तिज विशेष कार्यक्रमहरु सम्पन्न भएका छन ।

बेतनाकाे कार्यक्रममा उपमेयर ढाकाकुमारी पराजुली र कल्पेश्वर शिव मन्दिरकाेग कार्यक्रममा नाेवेल मेडिकल कलेज विराटनगरका संचालक ईन्दिरा शर्मा प्रमुख अतिथि रहेका थिए ।