लालभित्तिमा श्रष्टा सम्मान तथा तिज कार्यक्रम, बेतना सिमसारमा पनि तीजको रन्को

  • २७ भाद्र २०७५, बुधबार
  • 1107 पटक पढिएको

लालभित्ती, माेरङ/ वाहरूको अग्रसरतामा मोरङ बेलबारी २ मा स्थापित सहयोगी हातहरु नामक संस्थाले भाद्र २७ गते तिजकै दिन तीज विशेष सांस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रम गरेको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने मुल उद्देश्यले बेलबारी २ लालभित्ती चोकमा कार्यक्रम गरिएको हो । संस्थाका अध्यक्ष मेघराज परियारको अध्यक्षता र बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रष्टा, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत महिलाहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमको शुरुतिर दिदी बहिनी अनिसा रिजाल र अमिसा रिजालले गीतहरू गाएका थिए । त्यसैगरी गायक गंगा बरदान, दुर्गा रुपाखेती, सन्जिब धिमाल र यमुना पराजुलीले गीत गाएर मनोरञ्जन दिएका थिए । त्यसैगरी लालाभित्तीस्थित बुमबुम डान्स सेन्टर, शिक्षा सन्देश बोर्डिङ स्कुल र कबिर माद्यमिक विद्यालय तथा कबिर निरन्तर बिकास समितिका कलाकारहरूले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

सो तीज विशेष कार्यक्रममा आधा दर्जन श्रष्टाहरु सम्मानित भएका छन् । सम्मानित हुने स्रष्टाहरुमा पुर्व सांसद तथा श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ , गायक गंगा बरदान, संगीतकार, रचनाकार तथा साहित्यकार जेवी थुलुङ, साहित्यकारहरु तिला लेकाली, राजेन्द्र तामाङ, गणेश बिक, बन्दना राई, केदार दुलाल, बालकुमार डांगी र पत्रकार तथा साहित्यकार केशु विरही र गायक संजीब धिमाल छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथीले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।

मेघराज परियारकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन हरि घिसिङले गरेका थिए ।

त्यसैगरी तीजकै दिन रेडियो बेतना र बेतना सिमसारको आयोजनामा बेतना सिमसारमा पनि तीज बिशेष कार्यक्रम गरिएको छ ।

गायक गायिकाहरु तुलसी पराजुली, अन्जु गौतम, यमुना पराजुली , चन्दा खड्का र मेघराज कार्की लगायतको प्रस्तुतिमा गरिएको कार्यक्रममा सैयौं चेलीबेटीहरु उपस्थित थिए । कार्यक्रममा इटहरीको एक डान्स सेन्टरका कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।

लालभित्ती

बेतना सिमसार