मोरङ फुटवल एकेेडेमी अन्तिम चारमा प्रवेश : पाहुना टिम युनाइटेड खरसाङ ०-५ ले पराजित

  • २५ भाद्र २०७५, सोमबार
  • 423 पटक पढिएको

केशु विरही, बेलबारी / पाहुना टिम युनाईटेड खरसाङ फुटवल क्लवलाई हराउँदै मोरङ फुटबल एकेडेमी फुडवल क्लव दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेष गरेको छ ।

बेलबारी नगरपालिका वाडा नं ११ स्थित लक्ष्मीमार्गको लक्ष्मी खेलमैदानमा सोमबार भएको खेलमा विदेशी पाहुना टोली भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ० का विरुद्ध ५ गाेलले हराउँदै मोरङ फुटवल एकेडेमीले अाफूलाई अन्तिम चारमा पुर्याउन सफल भएकाे थियाे ।

एकेडेमीका कप्तान सन्तोष न्यौपानेले तीन गोल गर्दै ह्याट्रीक पूरा गरे भने कर्ण लिम्बू र शौजन राईले एक/एक गोल गरेका थिए ।

सन्तोष न्यौपानेले खेलको १६ औं मिनेटमै गोलको खाता खोलेर मोरङलाई अग्रता दिलाएका थिए भने पहिलाे गाेल भएकाे तीन मिनेटमै मोरङका कर्ण लिम्बूले अर्काे गाेल गरेर अाफ्नाे टिमकाे अग्रतालाई दोब्बर बनाएका थिए ।

विरेन प्रधानले डिबक्स भित्र मोरङका शौजन राईलाई फल गरेपछि ७० औं मिनेटमा रेफ्रीले मोरङलाई पेनाल्टी सुटआउटको अवसर दिएका थिए । सन्तोषले गरेको पेनाल्टी प्रहार विपक्षी गोलरक्षक निगम सिंहलाई ठोक्किएर रिवाण्ड भए पनि पुन सन्तोषले नै त्यसलाई पोष्टको दिशा दिन ढिलाई नगर्दा अर्काे गाेल थपिएकाे थियाे ।

खेलकाे ७३ औं मिनेटमा मोरङले अर्काे गाेल गरेर खेललाई ४–० को अन्तरमा पुर्यायो ।

प्रतियाेगितामा राम्रै प्रस्तुति देखाए पनि कुनै गाेल गर्न नसक्दा खर्साङकाे टिमले ०-५ काे फराकिलाे अन्तरले पराजयकाे कालाे धब्बा लिएर घर फर्किन वाध्य भएकाे थियाे ।

कमजाेर प्रतिस्पर्धी:-

अाजकाे खेलमा युनाईटेड खरसाङ्काे फुडवल टिमलाई माेरङ एकेडेमीका लागि एउटा गतिलाे प्रतिस्पर्धीकाे रुपमा हेरिएकाे भए पनि खरसाङ दर्षककाे अासा अनुसार खराे उत्रिन भने सकेन । खेलकाे तालमल गर्न नसक्दा खरसाङले ०-५ गाेलकाे फराकिलाे अन्तरकाे हार व्यहाेरेर घर फर्किनु परेकाे थियाे ।

माैसमकाे प्रतिकुलता:-

अाजकाे खेलमा माैसमले पनि साथ दिएन । वर्षाका कारण हिलाम्य बनेको मैदानमा पाहुना टोली खर्साङले सन्तोषजनक खेल पस्कन सकेन । त्यसकाे फाइदा मोरङ फुटवल एकेडेमीले राम्ररी लिन सक्यो ।

अाजकाे प्रतियोगिताको माेरङ एकेडमीका शन्ताेष न्याैपाने म्यान अफ दी म्याच घोषित भए । प्रदेश सभा सांसद राजकुमार अाेझाले म्यान अफ दि म्याच पुरस्कृत न्याैपानेलाई पुरस्कार प्रदान गरेका थिए ।

मंगलबारको खेल रेडहर्ष क्लब इलाम र अण्डर १८ राष्ट्रिय टिमबीच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताए ।