‘सहयोगी हातहरु’ ले लालभित्तिमा तीज विशेष साँस्कृतिक कार्यक्रम तथा श्रष्टा सम्मान गर्ने

  • २४ भाद्र २०७५, आईतवार
  • 1517 पटक पढिएको

 बेलबारी, मोरङ / मोरङको बेलबारी २ मा अबस्थित सहयोगी हातहरु नामक संस्थाले तीज विशेष साँस्कृतिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।
नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरमा कार्यक्रम गर्न लागिएको हो । आयोजक सहयोगी हातहरुले आइतबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

भाद्र २७ गते बुधबार लालभित्ती चौक उत्तरपट्टी गरिने कार्यक्रम गायक गंगा बरदान, संजिव कुमार धिमाल, यमुना पराजुली, दुर्गा न्यौपाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अहिले तिज मनाउने बहानामा मौलिकता हराउदै गएको तर यो कार्यक्रममा मौलिकतालाई बढि प्राथमिकता दिइने सहयोगी हातहरुका अध्यक्ष मेघराज परियारले  बताए ।

कार्यक्रममा स्थानीय २ जना गायक गायिका र ९ जना साहित्य क्षेत्रका साहित्यिक ब्यक्तिहरुलाई सम्मान गरिने  आयोजक ‘सहयोगी हातहरु’ का अध्यक्ष मेघराज परियारले जानकारी दिए ।

तीज सांस्कृतिक कार्यक्रमका लागि प्राप्तबाट बेलबारी २ का सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ छात्रवृत्ति दिइनेछ । साथै आगामी दिनमा वडा कार्यालयको सहकार्यमा फोहोरमैला व्यबस्थापन सम्बन्धि अभियान सन्चालन गर्ने र दाताहरूको सहयोगमा शहिद स्मृती आधारभुत  विद्यालय बेलबारी १ लाई बिद्युत जडान तथा  पंखा व्यबस्थापन गर्ने  उद्ददेश्य रहेको   कार्यक्रम संयोजक बिपीन श्रेष्ठले बताए ।

२०७४ सालमा स्थापना भएको संस्थाले यसअघि सहिद स्मृति बिद्यालय परिसरमा बृक्षरोपण कार्यक्रम, बाढिपिडितहरुलाई लत्ताकपडा बितरण, बाढीपीडित  बिद्यार्थीहरुलाई कपि कलम र ड्रेस  बितरण, कबिर माबिमा बिज्ञान प्रयोगशाला निर्माणका लागि रकम हस्तान्तरण र सन्तबहादुर बोखिम लिम्बुको उपचारका लागि सहयोग अभियान सञ्चालन जस्ता काम गरिसकेको छ ।