अस्ट्रेलियामा भएको तीज कार्यक्रमबाट संकलित रकम बलात्कारपीडित महिलाहरूको लागि सहयोग गरिने

  • २२ भाद्र २०७५, शुक्रबार
  • 498 पटक पढिएको

 बिगत चार बर्षदेखि मेलबर्नमा आयोजना गर्दै आएको तीज कार्यक्रमबाट संकलित रकम नेपालको सुदूर पस्चिमका बलात्‍कृत ४५ जना महिलालाई पुनर्स्थापनाको लागि खर्च गरिने भएको छ ।
नेपालमा बलात्कारका  घटना बढीरहेकोले दिदी-बहिनी समाज भिक्टोरियाले मेलबर्नमा गरिने अत्याधिक तीज कार्यक्रमको संख्या र खर्च घटाउने र नेपालका बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि संकलित रकम बढाउने उद्धेस्य अनुरुप संस्कृति जोगाऔं, आशा जगाऔं नाराका साथ पहिलो पटक नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) संग संयुक्त रुपमा तीज कार्यक्रम  आयोजना गरिएको दिदी बहिनी समाजले जनाएको छ ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले यसरी कार्यक्रम आयोजना गर्नुको बहु आयामिक महत्व हुँदाहुँदै यसरी आयोजना गरिने कार्यक्रमबाट संकलित रकम सामाजिक काममा लगाउनुको अझै ठुलो महत्व हुने बताउनु भयो ।
नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रशाद कोइरालाद्धारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोलप्रशाद थपलियाले तीज किन र कसरी मनाउन शुरु गरिएको भन्नेबारेको कथा सुनाउनु भयो । कार्यक्रममा वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले तीजको शुभ-कामना मन्तब्य दिनु भएको थियो ।
दिदी-बहिनी समाज भिक्टोरियाको तर्फबाट बर्षा केसी राजभन्डारी र दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले नेपालमा बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि गरिएका प्रयासहरुबारे प्रकाश पार्नभएको थियो  ।
नाचगानका साथै बिभिन्न रमाइला खेलहरु खेलाइएको जिलोङको कार्यक्रमको सन्चालन ज्ञानेन्द्र उप्रेतीले गर्नु भएको थियो भने कार्यक्रमको लागि भेन्यु र खानपानको ब्यबस्था ओसनग्रोभको ब्लु माउण्टेन इन्डियन रेस्टुरेन्टले गरेको थियो ।
त्यस्तै जिलोङमा आयोजित तीज कार्यक्रममा संकलित रकम दिदी-बहिनी समाज भिक्टोरिया मार्फत नेपालका बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि सहयोग गरिने भएको छ ।