धर्म र संस्कारको नाममा पुर्वमा यसरी मौलाउंदैछ बालविवाह

  • २१ भाद्र २०७५, बिहीबार
  • 437 पटक पढिएको

उत्तम पोख्रेल, बेलबारी मोरङ । मोरङको बेलबारी २ का अब्बर मोहम्दको घरमा बिगत केहि दिन देखी रमझम चलिरहेको छ । घरमा बुहारी भित्रयाएपछि परिवारमा खुसीयाली छाएको छ । विवाहको सजिसजावट अझै हटाईएको छैन,पाहुनाले घर भरीभराऊ छन ।
विवाह गरेका १५ बर्षीय सम्सेर (बेहुला) पनि हाँसीखुसी नै छन । तर उनलाई विवाह बारे भने पुर्ण ज्ञान छैन । घरमा बिबाह गराँै भनेपछि बुबाआमाको कुरामा उनी सहमत भए र बिवाह गरे । उनको उमेर हेर्दा बिबाह गर्ने जस्तो देखिदैन । तर उनको यहि भदौ १९ गते बिवाह भएको छ । नेपालको संबिधानले नै वालविवाह गर्न रोक लगाएपनि बिभिन्न धर्मको नाममा वालविवाहले पश्रय पाएको छ ।
मुस्लिम धर्म मान्दै आएका मोहम्मदको परिवार आर्थिक अबस्थामा भने निकै कमजोर छ । आर्थिक अबस्था कमजोर भएपनि अब्बर आफनो छोरा सम्सेरको बिबाहका लागी ऋण नै लिएर तयार भए । अढाई लाख भन्दा बढि रकम ऋण खोजेर छोराको बिबाह गरेको बुबा अब्बर बताउँछन ।
नेपालको संबिधानले २० बर्ष पुरा गरेपछि मात्रै विबाह गर्न पाऊने प्रष्ट हुदाँहुदै पनि अब्बरले छोराको बिबाह चौध पन्ध्र बर्षको उमेरमा गरीदिए । सामान्य लेखपढ मात्रै गरेका समसेरलाई आफनो उमेर समेत थाहा छैन । बुबा अब्बरलाई सोध्दा पहिला २१ बर्षको भने पनि पछि १६ बर्ष भएको स्वीकार गरे । बेहुला ट्रयाक्टरमा लेवर काम गर्छन ।
गाँउमा निम्ता वाडिँसकेपछि त्यो कुरा बेलबारीका जनप्रतिनिधलाई समेत थाहा भयो । बेलबारी २ की वडा सदस्य खिना बस्नेत मोहम्मदको घरमै गएर वालविवाह सम्बन्धी कानुनी तथा स्वास्थ्य सम्बन्धी कुरा सुनाउदै सम्झाईन । तर मोहम्मदको परिवारले खर्च धेरै भएकाले यो विवाह कुनै हालतमा नरोक्ने बतायो । समसेरकी आमा बुद्धनि खातुनले कानुनी कुरा थाह नहुँदा छोराको विवाह गरेको बताईन ।

नेपालको कानुनमा वालविवाह गराउनेलाई ३ बर्ष कैद र ३० हजार सम्म जरीवाना लिन सक्ने कानुनी ब्यबस्था रहेको छ । मुसलमान समुदायमा निखा गर्ने वहानामा वालविवाह गर्ने चलन रहेको छ । फुलमालालाई उनीहरुले निखा भन्ने गरेका छन । निखा गरेर केही दिन बेहुलीलाई घरमा राखेर माईतमा लगेर राख्ने गरिन्छ ।