कतारमा हुनुहुन्छ ? घर आउने भए चाहिदैन अब कम्पनीको अनुमति

  • २० भाद्र २०७५, बुधबार

कतारमा रहेका विदेशी कामदारहरुले रोजगारदाता कम्पनीको अनुमति नलिई मुलुक छाड्न पाउने भएका छन्  ।

सन् २०२२ को विश्वकपको लागि तयारी गरिरहेको कतारको सरकारले  नयाँ कानून ल्याउंदै यस्तो प्राबधान लागू गरेको हो । कामदारहरुलाई बाहिर जाने अनुमति नदिई बन्दी झैँ  बनाएर काममा लगाइरहेको आरोप लागिरहेको बेला  यस किसिमको नियम ल्याएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठनको दोहामा रहेको कार्यालयले पनि  यो सह्राहनीय नियम लागू भएसँगै कामदारहरुले रोजगारदाता कम्पनीसँग अनुमति नलिइकन मुलुक छाड्न पाउने जनाएको छ । कतारले हाल ल्याएको यो नियमले विदेशी कामदारहरु प्रत्यक्षरुपमा लाभान्वित हुने समाचार एजेन्सीले बताएका छन् ।