प्रशंसा केसीले जितिन् ‘वाई वाई ग्लोकल टिन हिरो २०१८’ को उपाधि

  • १७ भाद्र २०७५, आईतवार
  • 333 पटक पढिएको

  राजधानीमा आयोजित एक बिशेष कार्यक्रमबीच प्रशंसा के. सीले “वाई वाई ग्लोकल टिन हिरो २०१८” को उपाधी पाएकी छिन् ।

के . सी लाई माननीय मन्त्री गोकर्ण बिस्ट तथा कार्यक्रमका निर्णायकहरुले शनिबार वाई वाई ग्लोकल टीन हिरोको उपाधि तथा ट्रफी हस्तान्तरण गरेका थिए । 
यो बर्ष देश भरिका प्रभावशाली किशोर किशोरीहरुबाट कुल ५ सय ३२ आवेदन आएकोमा अपेक्षा गरिएको उमेर समूहका किशोर किशोरी भित्र रहेको सम्भावना देखाएकोे छ । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका छन् ।
सामाजिक अभियन्ता रहनु भएका प्रशंशा केसी वाई वाई ग्लोकल टिन २०१८ हिरो, अन्तिम ६ प्रतिस्पर्धी आबिस्करक, विकल्प ढुंगाना, लेखिका, दीपशिखा घिमिरे, उद्यमी, सौगात तिवारी, इकोप्रेनेर, सुदर्शन सुबेदी र सामाजिक उद्यमी, स्वोर्निम श्रेष्ठबाट छानिएको हो ।
वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यस कार्यक्रम गरिएको जनाइएको छ ।

यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गरिएको अायोजकले जनाएको छ ।
काठमाडौँबाट २०१५ मा सुरुवात भएको यो कार्यक्रम देशभरिका ४ सय भन्दा बढी बिद्यालयका ५० हजार भन्दा बढी बिद्यार्थीेमाझ पुगेको थियो  ।
गाह्रो परिस्थिति भएका देशहरुमा काम गर्ने किशोर किशोरीहरुको उदाहरण कायम गर्न र “प्रायस गरे सबै सम्भावना छ“ भन्ने सकारात्मक विचार फैलाउन कार्यक्रम भएको हो ।