जन्मष्ठमीमा श्री कृष्ण प्रणामी मन्दिरले गर्ने रथयात्राकाे तयारी अन्तिम चरणमा

  • १२ भाद्र २०७५, मंगलवार
  • 327 पटक पढिएको

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ मा रहेकाे श्री कृष्ण प्रणामी मन्दिरले जन्माष्टमीकाे दिन निकालिने रथयात्राकाे काम अन्तिम चरणमा पुगेकाे  छ ।

जन्माष्टमीकाे दिन निकालिने रथ निर्माणकाे काम लगभग पूरा भएकाे भएकाे अायाेजकले समितिले जनाएकाे छ । रथकाे निर्माणकैै लागि भनेर चैत्र महिना देखि ७ जना मिस्त्रीहरुले निरन्तर रुपमा काम गरिरहेका छन् ।

रथ निर्माण समितिका संयाेजक एवम् मन्दिर संरक्षण समितिका पूर्व संयाेजक समेत रहेका रामप्रसाद गजुरेलले दिएकाे जानकारी अनुसार रथ निर्माणकाे कार्य लगभग पूरा भएकाे, सजावटकाे काम मात्र वाँकी रहेकाे छ र १५ गते सम्ममा रथकाे रङराेगनकाे काम पनि पूरा हुनेछ ।

वि.स. २०२८ सालमा स्थापना भएर ४६ अाैं पटककाे रथयात्रा पूरा गरििसकेकाे यस मन्दिरले यसपालिकाे ४७ पटककाे रथयात्रालाई भने विशेष वनाउने गरी काम गरिरहेकाे श्री कृष्ण प्रणामी मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद बास्ताेला वताउँछन् ।

रथ निर्माणका लागि सुन्दरहरैचा नगरपालिकाले रु १० लाख उपलव्ध गराएकाे छ भने नपुग रकम भने मन्दिर अाफैले व्यहाेर्ने जनाएकाे छ ।

कृष्ण जन्माष्टमीका दिन नगरभरी सार्वजनिक विदा

रथयात्राका दिनलाई भव्य वनाउन उक्त नगरभरी सार्वजनिक विदा दिने नगरपालिकाकाे याेजना रहेकाे छ । र नगरभरिका सम्पूर्ण धार्मिक, सामाजिक संघ संस्थाहरुलाई एउटै रथमा एकाकार गराएर संगै हिडाउन नगरपालिकाकाे संयाेजनमा एउटा समितिकाे पनि निर्माण गरिएकाे छ ।