खेलाउने बहानामा आमाको काखबाट खोसेर ८ महिने वालिकाको हत्या

  • १२ भाद्र २०७५, मंगलवार
  • 1173 पटक पढिएको

खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ ।

औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हतया भएको प्रहरीले जनाएको छ ।

आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए ।

भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आँपको रुखमुति सोमबार दिउँसो शिशुको शव भेटिएको थियो ।

हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।, आजको नागरिकदैनिकमा यो खबर छ ।