दुवइ र कुवेतमा दुई जना नेपाली युवाको मृत्यु

  • १० भाद्र २०७५, आईतवार
  • 639 पटक पढिएको

रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ।त्यसैगरी दुर्घटनामा परी कुवेतमा अर्का नेपालीको मृत्यु भएको छ्व।

गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा शुक्रबार  मृत्यु भएको हो।

गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको रशिद अस्पताल लगिएको थियो।

चिकित्सकका अनुशार उललार्इ ब्रेन ट्युमर भएको बताएर्इको छ।उनको शव पोस्टमाटमको लागि रशिद हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउन कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

५ महिना अघि अन्जली अोभरसिज सर्भिस काठमाडाैंबाट रोजगारीको लागि युएर्इ आएका ताराबहादुर दुबर्इ स्थित ब्लु डार्इमण्ड सेक्युरेटी कम्पनीमा कार्यरत थिए। मृतक गुरूङ्का श्रीमती १ छोरी र अामा गोरखामै बस्दै आएका छन्।

दुर्घटनामा परी कुवेतमा एक युवाको मृत्यु 

रोजगारीका लागि कुबेत पुगेका एक नेपालीको गत मंग्लवार सडक  टनामा परि निधन भएको छ।

बुटवल १५-बेलाबास स्थायी ठेगाना भएका ३१ वर्षीय टुकबहादुर रायमाझीको मंगलबार राती कारको ठक्करले निधन भएको स्रोतले जानकारी दिएको छ।

केहि दिन देखि कम्पनी होस्टेलमा नफर्किएको र काममा समेत नगएको जानकारीपछि खोजतलास गर्दा रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भैसकेको र उनको शव प्रहरीले कुवेतको फर्वानिया अस्पातल पुर्याएको पत्ता लागेको कुबेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

मृतकको शब पठाउन र क्षतिपुर्ती परिवार सम्म पुर्याउनको लागि कम्पनी र सम्बन्धित निकाय संग समन्वय भईरहेको छ।साथै मृतकको आफ्नै बहिनी कुवेतमा रहेको र दुताबासको संपर्कमा आएको हुदा केहि दिनमा उनलाई लिएर शब राखेको फर्वानिया अस्पातल जाने दूतावास स्रोतले बताएको छ।

पछिल्लो एक महिनामा मात्रै कुबेतमा विविध कारणले ५ जना नेपालीको मृत्यु भैसकेको छ ।