साकार बन्दैछ तमोर गड्तिरमा मोटर गुडाउने हेमराजको सपना

  • १९ जेष्ठ २०७५, शनिबार
  • 75 पटक पढिएको

बिकास कल्पनाले मात्रै पूरा हुन्छ । जसले विकास गर्ने कल्पना गर्दैन, उ राजनीतिज्ञ बन्न पनि सक्दैन । मात्र स्वार्थी बन्छ । हेमराज भण्डारी पनि स्वार्थी हुन् । यतिमात्र फरक छ, उनी जनताका कामका लागि स्वार्थी बने । र, त्यही स्वार्थ आज राष्ट्रिय महत्वको बनेको छ ।

प्रत्येक राजनीतिज्ञसँग सपना र परिकल्पना हुनुपर्छ, जो समाजसँग जोडिएको हुनुपर्छ । हेमराज भण्डारी उर्फ सुदर्शनका पनि कयौं सपना छन् । देश बदल्ने परिकल्पना छ । तीमध्ये तमोर करिडोर बनाउने एउटा महत्वाकांक्षी सपना थियो, जुन पूरा भएको छ ।

राजनीतिज्ञले विकासलाई सँगै जोडेर लैजान्छन् । विकास र राजनीतिलाई सँगै लैजान नेतृत्व मात्रै सफल बन्छन् । उनी राजनीति सँगसँगै विकासलाई सँगसँगै डोहो¥याउन चाहन्छन् ।

उनले यस्तो सपना देखे, जसलाई पूरा गर्न निरन्तर लागे । सरकारले नै पत्याउन नसकेको योजना बनाए । आफ्नो योजना पूरा गर्न कम्मर कसे । एकरत्ति पनि कसैको बहकाउमा लागेनन् । अन्ततः उनको योजना पूरा भयो । त्यो योजना हो तमोर करिडोर ।

यसरी बन्यो योजना
धनकुटाको कुरुलेतेनुपामा जन्मिएका हेमराज भण्डारीले धनकुटा सदरमुकमा आउनु पर्दा त्यही तमोरको किनारै किनार आएर याक्चना घाटको घिर्लिङ तर्नुपर्थाे । उनले कयौपटक तमोरको किनार छिचोले । तमोर नदीको पानी खाए । त्यतिमात्रै होइन, त्यही तमोरको गड्तिरमै हुर्किएभन्दा पनि फरक पर्दैन ।

उनी पूर्व मसालमा रहँदा पनि कुशल संगठक थिए । जब उनी २०५६ मा दिनानाथ शर्मासँगै माओवादीमा प्रवेश गरे, त्यसपछि उनका लागि त्यो तमोरको किनार बाच्ने प्रिय साथीझैं बन्यो । कयौपटक त्यही किनारबाट आफ्ना जनमुक्ति सेनालाई हिडाएँ । संगठनका काममा लाग्दा पनि सुरक्षाकर्मीको आँखा छल्ने माध्यम त्यही किनार थियो ।

सुरक्षाकर्मी बख्तरबन्द गाडीमा हुँईकिन्थे । तमोर नदीको किनार सडकबाट निक्कै टाढा थियो । त्यस्तो अवस्थामा सुरक्षाकर्मीको आँखा छल्न सजिलो पनि थियो । त्यही भएर नदी किनारको बाटो रोज्नु बाध्यता पनि थियो ।

जबजब उनी तमोर नदीको किनारमा पुग्थे, त्यो बेला उनको मनमा यो किनारमा कहिले गाढी गुड्ला नि ! भन्ने कुराले पौठेजोरी खेल्थ्यो । चर्काे घाम र असुविधा भोग्दा उनी मनमनै कल्पना गर्थे ‘म यो किनारमा अवस्य पनि एक दिन गाढी गुडाएरै छाड्छु ।’

नभन्दै माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो निर्वाचनमा उनी धनकुटा क्षेत्र नं. १ बाट उम्मेदवार बने । अत्याधिक मत पाएर विजयी पनि भए । सभासद भएपछि उनको मनमा उत्साह थपियो । अनि तमोर नदीको किनारै किनार हिड्दाको दुःख सँगै सिंहदरवारसम्म आइपुग्यो ।

त्यतिवेला संसदीय विकास कोषको रकम सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउँथे । उनले त्यही मौकामा तमोर नदीको किनारै किनार बाटो खोल्ने संकल्प गरे ।

उनले ०६५ सालमा धनकुटाको मुलघाटबाट तमोर नदीको किनारै किनार बाटो खोल्न ८ लाख रुपैयाँ लगाउने योजना बनाए । त्यसैअनुरुप जिल्ला सडक कार्यालय, जिल्ला विकास समिति लगायतका निकायसँग अनुनय गरे । तर, नमानेपछि जवरजस्ती ब्रम्हध्वज साङपाङको अध्यक्षमा उपभोक्ता समिति बनाएर ८ लाख रुपैयाँ लगाए । जबरजस्ती सडको ट्रयाक खोल्न सुरु पनि भयो ।

दोस्रो वर्ष अर्थात् २०६६ मा डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला १ करोड ५० लाख विनियोजन भयो । त्यो पैसामा पनि उनले चलख्याइँ गरे । धनकुटाको मुलघाटबाट सडक बनाउन आएको पैसा पाँचथरका सांसदको हातमा सुम्पिए ।

र, पाँचथरका सांसदहरुले पाँचथरको जोरसालबाट मुलघाटतर्फ बाटो खन्न थाले । जतिसक्दो छिटो पाँचथरबाट मुलघाट बाटो जोडियोस् भन्ने उनको चाहना थियो । त्यही भएर ५० लाख रुपैयाँ धनकुटालाई राखेर १ करोड रुपैयाँ पाँचथरका सांसदको हातमा सुम्पिएका थिए ।

साकार फर्मुला
१० वर्षे सशस्त्र युद्धको समयमा माओवादीलाई जोगिन छोटो र सुरक्षाकर्मी नपुग्ने बाटो चाहिन्थ्यो । उनी प्रायः त्यही फर्मुला प्रयोग गर्थे । त्यतिमात्रै होइन, नदी किनार आसपासमा बसोबास गर्ने आम नागरिकको दैनिकी पनि भोग्न पाउथे ।

उनी जनयुद्धको समयमा त्यही तमोर नदीको किनारलाई साक्षी राखेर ताप्लेजुङको दोभानदेखि काभ्रे जिल्लाको शिरसम्मै यात्रामा निस्किएका छन् । त्यही भोगाईले उनले मनमनै तमोर करिडोरको खाँका कोरे । त्यसबेलाको मनको खाँका अहिले पूरा भएको छ ।

दीर्घकालीन परिकल्पनाकार
राजनीतिज्ञको एउटा सपना हुन्छ । तमोर नदीको किनारबाट करिडोर बन्ला भनेर कमैले सोचेका थिए । जवरजस्ती संसदीय कोषको बजेटबाट सुरु भएको बाटो आज करिडोरको रुपमा विकास भएको छ । जसको श्रेय हेमराज भण्डारीलाई मात्रै जान्छ ।

उनले आफ्नो परिकल्पना पूरा गर्न भएभरको शक्ति लगाएका छन् । राजनीतिक जीवनको आधा शक्ति खर्चिएका छन् । यति मात्रै होइन, उनले यस्तो परिकल्पना गरेका छन्, काठमाडौं–ओलाङचुङ गोला जोड्ने सबैभन्दा छोटो मार्ग बनाउने । त्यति मात्रै नभएर मुलघाटबाट त्रिवेणी हुँदै दुधकोशीको किनारै किनार उदयपुरको घुर्मी जोड्ने परिकल्पना गरे । उनकै पहलमा सर्वेसमेत भइसकेको छ ।

उनले तमोर करिडोरलाई १ नं. प्रदेशको मुख्य मार्ग बन्ने आशा लिएका छन् । भारतको जोगवनीबाट विराटनगर रानी हुँदै ओलाङचुङ गोलासम्म २७० किलोमिटर मात्रै छ । धनकुटाको मुलघाटदेखि तमोर नदिको किनारै किनार करिव १ सय ८० किमिमा तथा विराटनगरको रानी भन्सारवाट चीन वोर्डरसम्मको लम्वाई २ सय ७० किमि छ ।

तमोर करिडोर ओलाङचुङ गोला–मुलघाट–बराहक्षेत्र सडक आयोजनाको कामलाई अझ अगाडी बढाउन केही समय अगाडी ताप्लेजुङका सासद योगेश भट्टराईको नेतृत्वमा एक समिति बनेको छ । जसमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका सांसदहरू र पूर्व सभासदहरू छन् ।

तमोर करिडोर बन्न सके तमोर जलविद्युत आयोजनाको काम पनि छिटो बढ्न सक्छ भन्ने उनको बुझाई छ । उनले तमोर करिडोरलाई धेरै सम्भावना बोकेको करिडोरको रुपमा लिएका छन् । उनको बुझाईमा पूर्वका विभिन्न जिल्लालाई काठमाडौं र हेटौडा जोड्ने सबैभन्दा उत्तम मार्ग बन्छ भन्ने छ ।

‘यो सडक भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो मार्ग पनि बन्नेछ भन्ने लाग्छ’ उनले निशान न्युजसँग भने, ‘यसले धेरै सम्भवना बोकेको छ, यो १ नं. प्रदेशको प्रमुख मार्ग बन्नसक्छ ।’

किन रोज्छन् किनारमा बाटो ?
नदी किनारमा बाटो बनाउँदा धेरै फाइदा हुन्छ । पहिलो कुरा नदी किनारमा बस्ती विकास गर्न सकिन्छ । बाटो गएपछि उत्पादन हुन नसकेका ठाउँमा बस्ती बस्छ ।

सधैं नेपालमा सप्तकोशी उच्च बाँध निर्माणको कुरा चलिरहन्छ । अहिलेसम्मका बस्तीहरु नदी किनारमै छन् । यदी नदी किनारमा राजमार्ग बन्दा सरकारलाई पनि सप्तकोशी उच्च बाँध निर्माणमा कुनै पनि सम्झौता नगर्न दबाब पर्छ ।

‘नदी किनारका बस्ती कहाँ लैजाने त ? सरकारलाई समस्या पर्छ’ उनी भन्छन्, ‘अहिले तमोर करिडोरसँगै मुलघाट–त्रिवेणी–दुधकोशीको किनार हुँदै घुर्मी जोड्ने सडक बनेपछि कुनै पनि सरकारले ती सडक आसपासमा बसेको बस्ती हटाएर कुनै बाँध बनाउनै सक्दैन ।’

यो सडक आयोजना गरेर तमोर नदीमा व्यवस्थित बस्ती विकास गर्ने उनको सपना छ । त्यति मात्र होइन, काठमाडौंलगायत भारत र चीनकै लागि पनि आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिन्छ कि भनेर उनी रातै दिन भोक प्यास नभनी लागिपरेका छन् ।  (निशान न्युजको सहयोगमा )