नेपालको राजनीति र कृष्णको जर्किन काण्ड

  • ६ भाद्र २०७२, आईतवार
  • 47 पटक पढिएको

अम्बिका भण्डारी
कुरा दुई/चार सालअगाडिकै हो, खासगरी पूर्वीपहाडमा थोरै मात्र सरकारी क्याम्पस थिए । कलेज पढ्न जिल्ला सदरमुकाम भनौ“ अड्डा गएर नपुग्ने, जिल्ला छाडी सातु, सामल र कुम्लो–कुटुरो बोकी नहि“डे पढाइ बढ्ने कुरै नहुने । बाबुआमालाई घा“स–दाउरा र मेलापातमा सघाउने त कुरै छाडा“ै हप्ता र महिनामा घर आउन पनि मुस्किल । धेरै गाउ“वासी विद्यार्थीको नियति थियो त्यो ।

पूर्वीपहाडका भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, खोटाङदेखि सोलु, ओखलढुंगासम्मका विद्यार्थी धनकुटा क्याम्पस आउ“थे । धनकुटा नै घर भए पनि हाम्रो गति उस्तै–उस्तै थियो । विद्यार्थीको चाप थामिनसक्नुको हुन्थ्यो ।
घरनजिकै तेह्रथुमकै एउटा गाउ“ले स्कुलबाट कृष्ण खनालले जब एसएलसी पास गरे, तब खनाल परिवारमा पिरलो थपियो, उसलाई कहा“ पढ्न पठाउने भनेर । केही दिनको ठम्याइपछि निधो भो– धनकुटामा डेरा खोजेर राख्ने । जसअनुसार डेरा खोजखाज गरेर टुंगो लगाइयो र धनकुटा क्याम्पसमा भर्ना पनि गरियो ।

पढाइ सुचारु नहुन्जेल कृष्ण घरतिरै बसे । जब पढाइ दनादन चल्न थाल्यो, कृष्ण सातु–सामल बोकेर धनकुटातिर झरे । दाया“–बाया“ र लप्पन–छप्पन नजानेका खनाल झट्ट हेर्दा अलि सोझाजस्ता थिए । बोली पनि लठेब्रो । त्यसैले साह्रोगाह्रो नहोस् भनेर परिवारले उसलाई चिनेजानेकै साथीभाइस“ग डेरामा बस्ने चा“जोपा“जो मिलाएको थियो ।
हिउ“दे बिदा हो वा केको बिदा परेर हो कुन्नि † कृष्ण डेरालाई सातु–सामलको थप जोहो गर्न र न्यास्रो पनि मेटाउन ऊ घर गएको थियो सायद । दुई÷चार दिन घर बस्यो अनि फर्कियो कर्मथलोतिर कुम्लो–कुटुरोसहित धरान जाने बसमा सामानका पोका–पन्तुरा निकै । तर, ऊ एक्लो थियो, गाउ“घरबाट क्याम्पस जाने । त्यसैले सामान हराउ“छ कि भनेर होसियार हु“दै बसको यात्रामा थियो । जब ओर्लियो, कन्डक्टरले सबै सामान निकालिदियो । सकीनसकी सामान लिएर कोठामा पुग्यो । दिउ“सोको समयमा साथीहरू क्याम्पस गएको ठानी कोठामा गयो । एक जना साथी रहेछन्, जे भए पनि त्यसबेला मोबाइलको चलन आएकै थिएन, त्यसैले फोन गरेर साथीहरूलाई बसपार्कबाट सामान बोक्न सघाउनका लागि बोलाउन सक्दैनथ्यो । गाडीको यात्रा र कोठासम्म सामान ल्याउ“दा लखतरान भएको उसले सामान सही–सलामत छ कि छैन भनेर साथी खगेन्द्र ढकालको सहयोगमा पोको फुकाई हेर्न लाग्यो ।

पोको फुकाइसक्दा नसक्दै कृष्णले पत्तो पायो, एउटा सामान छुटेछ । खङ्रङ्ग भयो । साथी खगेन्द्रलाई यति भन्यो– खगेन्द्रजी गाडीमा मेरो एउटा सामान छुटेछ । लौ न के गर्ने ? खगेन्द्रलाई पनि के कस्तो सामान भनेर सोध्ने बुद्धि पनि आएन, हतार–हतार त्यो गाडी भेटिन्छ कि भनेर दुवै भाइ कुदे, बसपार्कतिर । बसपार्क गएर काउन्टरमा तेह्रथुमबाट धरान जाने बसमा सामान छुटेको कुरा भनियो । काउन्टरवालाले आज बस छुटिसकेकाले भोलि आउन भन्यो, तर कृष्णलाई त्यतिमा किन चित्त बुझ्थ्यो र ? नम्बर मागेर धरानको बस काउन्टरमा फोन ग¥यो तर गाडी आइनपुगेको बताएर फोन राखिदियो ।
त्यसपछि दुवै जना कोठामा गए । खगेन्द्रले सा“झको खाना पकायो तर कृष्णले खाना खाएन । भोकै सुतेको ऊ राति अबेरसम्म पनि निदाएन । साथी ननिदाएपछि विचरा खगेन्द्र पनि अबेरसम्म अनिंदै थियो । कृष्ण लामो सास फेरेर घरी–घरी भन्थ्यो– खगेन्द्रजी, मेरो कस्तो दामी सामान थियो, म बर्बाद भए“ । त्यो कोल्टे फेर्दै र लामो सुस्केरा तान्दै बिस्मातमै अनिंदै रात बिताइदियो कृष्णले तर त्यति हु“दा पनि खगेन्द्रले सामान के थियो भनेर सोधेन । पिरमा परेको मित्रलाई सोध्नु राम्रो हुन्न भन्ठान्यो ।
अर्को दिन झिसमिसे नहु“दै कृष्ण उठ्यो । नित्य कर्म गरेन सायद, खगेन्द्र उठेकै थिएन एक्लै लाग्यो बसपार्कतिर । धेरैबेरसम्म बसिमात्र रह्यो । एक÷डेढ घन्टामा जब बस आउन थाले । ऊ प्रत्येकलाई यही बस पो हो कि भनेर घुमीघुमी हेथ्र्यो र सामान खोज्थ्यो । यति अतालिएको थियो कि बस धरानतिरबाट आएको हो वा उ“भोबाट भनेर पनि ख्याल नगरी सामान मात्र हेथ्र्यो । उठ्दा साथीलाई कोठामा नदेखेपछि खगेन्द्र पनि हतार–हतार हातमुख धोएर साथी बसपार्क गएको हुनुपर्छ भन्ठानी त्यतै आयो ।

बस आउ“दैपिच्छे कृष्णको तलासी देखेर घरी–घरी खगेन्द्र लज्जित महसुस गथ्र्याे । र, सम्झाउ“थ्यो मित्रलाई तर कृष्णले किन सुन्थ्यो ? उसले दुई÷चारवटा बस छाडिसकेको थियो । बिचरालाई न आफू आएको बसको नम्बर ख्याल थियो न त कन्डक्टर यही हो भन्ने हेक्का । आफू ओर्लंदा बसबाट सामान ननिकालिदिने बसका कन्डक्टरलाई सत्तोसराप गर्दै झन्डै दर्जन बसको तलासी लि“दा पनि पार नपाएपछि खगेन्द्र सम्झाउ“दै थियो, कृष्णजी भैगो छाडिदिनोस् रुममा जाऊ“, तपाईंको सामान अब भेटिन्न तर कृष्ण मानेन, केहीबेरमा हिजोको बस पनि आइपुग्यो, कसो–कसो कृष्णले कन्डक्टरलाई ठम्यायो । र, तिरिखिरी पार्न खोज्यो । तर, कन्डक्टर किन टेथ्र्यो र ? उसले बसमा केही सामान नछुटेको जिकिर ग¥यो । कृष्णले बसभरि खोज्यो आङ्खनो सामान तर भेटेन । भाउन्न हु“दै बसबाट निस्कियो ।

स्टाफले सोध्यो, ‘तिम्रो हराएको सामानचाहि“ के हो नि भाइ ?’ कृष्णले मुर्मुरिएको भावमा भन्यो, ‘जर्किन ।’ बसभरि सबै जनाको हा“सो भयो तर उसले झन् कसि“दै भन्यो, ‘के हा“स्नुप¥या नि ?’ चानचुने जर्किन हो र ? त्यो त बाक्लो थियो, आमाले पठाइदिनुभएको, त्यस्तो जर्किन त अचेल पाइ“दा पनि पाइ“दैन । हा“सो झन् रोकिएन । कुरा बुझेपछि खगेन्द्र कोठातिर लाग्यो र हतार–हतार पकाई–तुल्याई गरेर कलेज गयो । कृष्ण भने न कोठामा गयो न त क्याम्पस नै गयो । दिउ“सोतिर कोठामा गई खगेन्द्रले राखिदिएको भात अलिकति खाएर सुतिरह्यो ।
कुराचाहि“ के रहेछ भने खगेन्द्रको घरबाट यसो मट्टीतेल हाल्न हुन्छ भनेर अढाई लिटरको जर्किन हालिदिएका रहेछन् । ध्वा“सोमा राखेर कालो भएको र बिर्कोसमेत नभएको त्यो जर्किन कृष्णका लागि त अजम्बरी बुटीझै“ थियो तर अरूका लागि सामान्य लाग्थ्यो । आङ्खनो सामान हराउ“दा माया लाग्नुमा बिचराको दोष थिएन । बेलुका खगेन्द्र क्याम्पसबाट आएपछि कृष्ण भन्दै थियो– खगेन्द्रजी, म त बर्बादै भए“ । मेरो सामान भेटिएन । बीचैमा रोकेर खगेन्द्रले हप्कायो, ‘धत् जाबो एउटा थोत्रो जर्किन बसमा छुटेर हराउ“दा पनि यत्रो टेन्सन ? बेकारमा हिजोदेखि कुदाएर । त्यस्तो जाबो जर्किन त दुई÷तीन रूपैया“मा नया“ पाइन्छ, बरु म किनिदिउ“ला एउटा ।’

कृष्ण त्यो जर्किनका थप विशेÈता बखान गर्न खोज्दै थियो, ऊ ठान्थ्यो नया“ जर्किन किने पनि हराएको सरी हुन्न । खगेन्द्रले हप्कायो– चुप लाग्नोस्, बेइज्जती । अनि बल्ल मुख बन्द भयो कृष्णको । तर, पछिसम्म बस आउ“दा–जा“दा जर्किनको आस गरेझै“ नजरले हेथ्र्यो कृष्ण ।
कुरा हो झन्डै १२÷१५ वर्Èअघिको । हराएको जर्किन कृष्णलाई घरबाट खासमा खाना पकाउन स्टोभ बाल्ने मट्टीतेल हाल्नका लागि पठाइदिएका थिए, जुन अढाई लिटरको थियो, ध्वा“सोले कालो भएको पुरानो थियो । त्यत्तिकै साइजको जर्किन बजारमा दुई÷तीन रूपैया“जति पथ्र्यो होला । यद्यपि, दुुई÷तीन रूपैया“को भाउ निकै थियो र अर्को कुरा त्यो पुरानो जर्किनमा नया“भन्दा केही फरक विशेÈता पनि थियो होला । घरबाट पठाएको हुनाले सायद कृष्णले त्यो जर्किन हेरेर घरको याद भुल्थ्यो होला ।

पैसाको नजरबाट नहेर्ने हो भने जर्किनमा आमाको माया, स्नेह र सद्भाव पनि मिसिएको थियो होला, कृष्णको नजरमा । बजारमा किन्ने नया“ जर्किनमा ती विशेषता हुन्नथ्यो होला, जुन जर्किनको खोजी गर्न र पिरै पिरमा कृष्ण दुई दिनसम्म क्याम्पस गएन । तीन÷चार छाक भात खाएन, जर्किन भेटिने आसमा फोन गर्न आठ÷नौ रूपैया“ खर्चियो । त्यति मात्र होइन, एक÷दुई रात त निदाएन पनि । माना“ै कृष्णका लागि त्यो बेला जर्किनभन्दा ठूलो कुरा नै सायद केही थिएन । अरूका लागि हा“सोको मामिला र मूर्खतापूर्ण काम भए पनि । जर्किन भेटिएको भए कृष्णले कति वर्Èसम्म स्टोभ बाल्ने मट्टीतेल हाल्थ्यो होला वा भुटुन राख्दै तरकारी पकाउ“थ्यो होला वा जसरी भए पनि जर्किनले हजारा“ै बराबरको काम गथ्र्यो होला ।
हुन त कृष्णको हराएको जर्किन संविधानसभाको विम्बका रूपमा तुलनायोग्य नहोला तर कृष्णले अन्जानमा दुई रूपैया“को जर्किन हराएर १०÷२० रूपैया“ सक्दा पनि नभेटाएको सरी नेताहरूले जानाजान अर्बांै सकेर संविधानसभालाई तुहाएको विषय भने तुलनायोग्य छ, पक्कै पनि । कृष्णका लागि जर्किन भरोसाको केन्द्र भएझै“ नेपाली जनताका लागि संविधानसभा आशा र भरोसाको केन्द्र थियो । जे–जसरी भए पनि कृष्णको महŒवपूर्ण सामान हराएझै“ हराइयो संविधानसभालाई । कृष्णले तेह्रथुमबाट धनकुटा आइपुगेको जर्किन हराएजस्तै जनयुद्धदेखि जनआन्दोलनको उपलब्धि भनिएको संविधानसभालाई गन्तव्यमा पुग्न लाग्दा निगुरोसरि निमोठियो । कृष्णको बेहोसीले जर्किन हराएको थियो तर नेताहरूले होसमै जानाजान हराइदिए, संविधानसभालाई ।

जर्किन हराउ“दा कृष्णको भविष्य बिगारेन तर नेताहरूले नेपाली जनताको भविष्य नै बिगारिदिए । कृष्णले त बेहोसमा गरेको गल्ती सुधार्न अनेक यत्न ग¥यो, भात पानी, निद्रा र पढाइ बिर्सेर या भनौ“ त्यागेर गल्तीको पश्चात्ताप ग¥यो, खा“दै नखाई Ôतिको अनुभूत ग¥यो अझ भनौ“ कुबेरले तोरी टिपेझै“ लगाब प्रदर्शन ग¥यो तर नेताले न पश्चात्ताप गरे, न Ôमा मागे न त Ôतिपूर्तिको कोसिस नै गरे ।

कृष्ण अति सोझो र कन्जुसजस्तो भए पनि इमानदार थियो तर नेताहरू बेइमान । जर्किन खोज्ने कृष्णलाई हा“सोको पात्र बनाइएझै“ संविधानसभालाई तुहाउनेहरू हा“सोको पात्र भएका छन् तर जर्किन नभेटिए पनि लगावको हिसाबले कृष्ण असफल भएन तर नेताहरू असफल सावित भए । गुमाएको उपलब्धि फर्काउन कोसिस खासै गर्दै गरेनन् । कृष्णको त्याग प्रशंसालायक थियो तर पटक–पटक म्याद थप्दा पनि गम्भीर भएनन्, लगाव र त्याग देखाएनन् नेताले । यद्यपि, लगानीको नजरमा र उपलब्धिको हिसाबले कृष्णको जर्किन खोजाइ र नेतागणको संविधान बनाइ उस्तै–उस्तै बन्न गयो ।
माथिको कथाका पात्र कृष्णजी सायद अचेल कुनै क्याम्पसमा पढाउ“दै होलान् वा कुनै न कुनै सरकारी वा निजी निकायमा जागिरे बनेका होलान् । उनले त्यतिबेलाको जर्किन जात्रा बिर्सिसके पनि होलान् तर कृष्णजीले नेताले जनताको भविष्य बिगारेझै“ जिन्दगी बिगारेनन्, जर्किनहरू हराइरहे तर कृष्ण बहकिएनन् पढाइ छाडेर, पढिरहे निरन्तर । जर्किनको अभाव खड्किए पनि कृष्ण कतै अड्किएनन् तर नेताहरू अड्किए, सड्किए र रड्किए बीचबाटोमै । गोरु कुट्न हलो अड्काइएझै“ ।