बिभिन्न कार्यक्रमका लागि एकैपटक पुर्व आए प्रधानमन्त्री, कानूनमन्त्री र उर्जामन्त्री

  • ५ भाद्र २०७५, मंगलवार
  • 207 पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली, कानूनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुन सहितका मन्त्रीहरु पूर्वको कार्यक्रममा मंगलबार विराटनगर आइपुग्नु भएको छ ।

प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रमका रुपमा आज दिउँसो विराटनगरमा पाइपबाट घरघरमा वायोग्याँस वितरण कार्यक्रमको उद्घाटन् तथा वीरेन्द्र सभागृहमा १ नम्वरस्तरका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्तासंग भेटघाटको कार्यक्रम रहेको ओलीका सञ्चार विज्ञ चेतन अधिकारीले जनाउनु भएको छ ।

कानून मन्त्री बनेपछि पहिलो चोटी मोरङको आफ्नो निर्वाचन क्षेत्र नम्वर ३ आउनु भएका कानूनमन्त्री ढकालले पथरीशनिश्चरेमा बुधबार विहान नेकपाले आयोजना गर्ने कार्यक्रममा सरिक हुनुहुनेछ । मन्त्री ढकाललको निम्तोमा प्रधानमन्त्री ओली समेत पथरीमा हुने कार्यक्रममा सहभागी वन्नु हुनेछ ।

त्यसपछि प्रधानमन्त्री ओली झापाको कमल गाउँपालिकाको लखनपुरस्थित आयुर्वेदिक औषधालयको शिलान्यास र दिउँसो गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर बुधबार  नै राजधानी फर्किनु हुनेछ ।

कानूनमन्त्री ढकाल भनें पथरीको कार्यक्रम सकेर कानेपोखरी, बेलबारी र सुन्दरहरैंचाका स्वागत कार्यक्रममा सरिक बन्नु हुने पार्टीले जनाएको छ । त्यस्तै, उर्जामन्त्री वर्षमान पुन बुधबार कार्यक्रममा सरिक हुनुहुने त्यहाँबाट नविन कार्कीले जनाउनु भएको छ ।