बेलबारी नगरपालिकाकाे दाेश्राे नगरसभा अधिवेसन सम्पन्न

  • ७ असार २०७५, बिहीबार
  • 109 पटक पढिएको

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाकाे दाेश्राे नगरसभा अधिवेसन अा.व. २०७५/७६ का लागि ८० कराेड वरावरकाे वजेट तथा नीति तथा कार्यक्रम पारित गर्दै  सम्पन्न भएकाे छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीकाे अध्यक्षता रहेकाे उक्त नगरसभा अधिवेसनकाे प्रथम अर्थात खुल्ला सत्रमा उपमेयर ढाकाकुमारी पराजुलीले अा.व. २०७५/७६ काे वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन ।

भाैतिक पुर्वाधारमा विशेष महत्व दिएर वजेट तयार पारेकाे नगरपालिकाले उक्त कार्यक्रमका लागि कुल वजेटमध्ये ३८ दशमलव ०७ प्रतिशत वजेट छुट्याएकाे छ । भाैतिक पूर्वाधार विकास शीर्षक अन्तरगत नगरपालिकाले रु ३० कराेड ४६ लाख ५३ हजार छुट्याएकाे छ ।

पारित गरिएकाे वजेटमा नगरपालिकाले  प्रसाशनिक खर्चतर्फ ९ कराेड ६५ लाख ६६ हजार, अार्थिक विकासतर्फ २ कराेड ८२ लाख ८० हजार,  सार्वजनिक सेवा तर्फ रु २ कराेड ४४ लाख ३५ हजार, र सामाजिक विकासतर्फ रु ३१ कराेड ८८ लाख ५४ हजार,  गरि कुल ८० कराेड २ लाख १४ हजार वरावरकाे वजेट पारित गरेकाे छ ।

साथै नगरपालिकाले अा. व. २०७५/७५ काे वजेट तथा कार्यक्रम संचालनका लागि शिक्षा तथा खेलकुद, जनस्वास्थ्य, सामाजिक, कृषि, पशु, वन व्यपार तथा वाणिज्य, वपद व्यपस्थापन,  खानेपानी तथा िसंचाईकाे व्यवस्थापन, वातावरण तथा फाेहाेर व्वस्थापन, प्राकृतिक श्राेतहरुकाे संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्धन, शान्ति सुरक्षा, पुर्वाधार, सूचनागैर सरकारी संस्था र सहकारी, तथ्याङ्क, राजस्व अभिवृद्धि, न्यायिक, सुसाशान अादि क्षेत्रहरुकाे पनि निर्धारण गरेकाे छ ।

नगरपालिकाले अान्तरिक श्राेतबाट रु ४ कराेड ६१ लाख ५० हजार र वाह्यश्राेतबाट रु ७५ कराेड ४० लाख ६४ हजार गरि कुल ८० कराेड, २ लाख १४ हजार वरावरकाे अनुमानित वजेट सार्वजनिक गरेकाे थियाे ।