एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे अाराेप

  • ४ भाद्र २०७५, सोमबार

केशु विरही, सुन्दरहरैचा, माेरङ/ पर्यटकीय स्थलहरुकाे संरक्षण र संवर्धनमा कुनै कमी हुन नदिने राज्यकाे नीति भएकाे वताईरहँदा सुन्दरहरैचामा रहेकाे, एेतिहासिक महत्व वाेकेकाे बाघझाेडा पाेखरी भने लामाे समयदेखि संरक्षण र संवर्धनकाे अभावमा अाेझेलमा परिरहेकाे छ ।

पाेखरी पूर्व पश्चिम राजमार्गबाट करिव २ किलाे मिटर उत्तरमा पर्छ । त्यसाे त कालाेपत्रे बाटाे भएरै याे पाेखरीमासम्म पुग्न सकिन्छ । राजमार्गबाट यति नजिकै रहेर, यातायातकाे सहज पहुच भएर पनि याे पाेखरी लामाे समयदेखि अाेझेलमा पर्दै अाएकाे छ ।

कतैबाट पनि सहयाेग नअाएकाे भन्दै केहिदिनदेखि स्थानीयहरुकाे सहयाेगमा पाेखरीकाे सरसफाईमा लागिरहेकाे पूर्व सांसद चन्द्रबहादुर गुरुङ वताउँछन ।

बागझाेडा सिमसार संरक्षण समितिका अध्यक्ष समेत रहेका गुरुङ नगरपालिकाले कुनै सहयाेग नगरेकाे वताउँछन् । उनी जनप्रतिनिधिहरु अाफैले वुझेर यस्ता क्षेत्रकाे संरक्षणमा वजेट छुट्याउनु पर्ने हाे तर उनीहरु भने देखेर पनि नदेखे झैँ गरिरहेकाे अाराेप लगाउँछन् ।

अान्तरिक पर्यटनलाई वढाउँने अभिप्रायकासाथ स्थानीयकै पहलमा केही दिन अघिदेखि पाेखरीमा डुङ्गा संचालनमा ल्याईएकाे थियाे । तर पाेखरीमा झार र लेदाेले गर्दा डुङ्गा संचालनमा समस्या अाउने देखेर स्थानीयहरु डुङ्गा संचालनलाई राेकेर सरसफाईमा जुटिरहेका छन् ।

सर्वसाधारणकै सुविधाका लागि डुङ्गा संचालनलाई राेकेर पाेखरीकाे सफाई गर्नु परेकाे स्थानीय वताउँछन् ।

उनीहरु स्थानीयपालिकाले पाेखरीकाे संरक्षण तथा संवर्धनमा चासाे दिनु पर्नेवताउँछन् । र स्थानीयपालिकाले सरसफाईमा केही सहयाेग गरिदिई हुनेथियाे भन्ने पनि चाहन्छन् ।

अहिले त्यहाँ दैनिक रुपमा ३०-३५ जना श्रमिक लाएर पाेखरी भित्र भएका मटका तथा अन्य झारहरु निकाल्ने काम भैरहेकाे छ । याे कमममा स्थानीयकाे ठूलाे याेगदान रहेकाे छ ।

साथै पाेखरीकाे सरसफाईमा  स्थानीयलाई जलजला क्रसर उद्याेगले निशूल्क रुपमा दिएकाे एउटा जेसिवि प्रयाेग भैरहेकाे छ ।

एउटा व्यपारिक प्रयाेजनमा स्थापना भएकाे कम्पनीले पाेखरीकाे संरक्षणमा निशूल्क जेसिवि दिइरहँदा नगरभित्र भएका यस्ता क्षेत्रकाे संरक्षण र सम्वर्धनकाे मूख्य जिमेवार रहेकाे स्थानीयपालिका र त्यसका जनप्रतिनिधिहरुले चासाे समेत नदिदा स्थानीयवासीहरु दुखित छन ।

सात विगाहा क्षेत्रफलमा फैलिएकाे याे पाेखरीकाे वरिपरि तारघेरा गरिए पनि संरक्षण हुन नसक्दा ती भत्किएकाे अवस्थामा भेटिन्छन् ।

केही दिन अघि मात्र अान्तरिक पर्टनमा टेवा दिने उद्देश्यका साथ स्थानीयले अाफ्नै लगानीमा निर्माण गरेर संचालनमा ल्याएका थिए । अाज त्यही जम्बाे  डुङ्गाले पाेखरी सरसफाईमा ठूलाे सहयाेग पुर्याईरहेकाे छ ।

स्थानीयहरु चाँडाे सफाईकाे काम सकेर डुङ्गा संचालन्मा अावाेेस भनेर उनीहरु पनि सरसफाईमा जुटिरहेका छन् ।

अाफ्नै गाउँकाे पाेखरीमा डुङ्गा संचालनमा अाए पछि स्थानीयहरु पनि खुसी देखिएका छन।  उनीहरु पाेखरीकाे सरसफाई चाँडै सकेर सर्वसाधारणलाई वाेटिङ खुल्ला गर्नु पर्ने वताउँछन् ।

अाफ्नै घर अघिकाे पाेखरीमा डुङ्गा संचालनमा अाए पछि स्थानीय डाेमा उराव दङ्ग छन । उनी अब गाउँमा पर्यटक वढ्ने र अाफूहरुले राेजगार पाउनेमा ढुक्क छन् ।

उनी भन्छन “अब भने काम खाेज्न टाढा जानु नपर्ने भयाे । गाँउमै राेजगार पाईने भयाे ।”

नगरपालिकाले पाेखरीकाे संरक्षणमा चासाे नदिएकाे वताईरहँदा सुन्दरहरैचा नगरपालिका वाड नं १० वाडाध्यक्ष राजेन्द्रबहादुर थापा भने नगरभित्रका पर्यटकीय क्षेत्रकाे संरक्षणमा नगरपालिका लागिरहेकाे, त्यसकाे लागि नगरपालिकाले वजेट छुट्याएकाे वताउँछन ।