विरटचाेक, माेरङ/ २०५ अाैं भानु जयन्तीकाे उपलक्ष्य पारेर विराट साहित्य समाज सुन्दरहरैचाले अाज कविता गाेष्ठी सम्पन्न गरेकाे छ ।

सुकुना बहुमुखी क्याम्पसकाे सभाहलमा संचालित कविता गाेष्ठीमा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, स्रष्टा अाचार्य अमृत, धनजीत पराजुली, राजेन्द्र सर्वहारा, जेवि थुलुङ, स्रष्टा एवम  मकालु टेलिभिजनका केशु विरही,  रेडियो सुसेलीका केपि घिमिरे लयायतका व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।

भानुभक्तकाे व्यक्तित्व र कृतृत्वकाे वारेमा अाचार्य अमृतले चर्चा गरेका थिए भने साे कार्यक्रममा वद्री अधिकारी, छवि वैरागी घिमिरे, नारायण पाैडेल, गणेश लामा आँसु, ऋतु राउत लगायतका स्रष्टाहरुकाे अा -आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता माेहनप्रसाद काफ्लेकाे रहेको  थियाे भने संचालन संस्थाका सचिव विदुर सुवेदीले गरेका थिए ।

4,189 total views, 147 views today

तपाईको प्रतिक्रिया