बेलबारी, मोरङ / असार ७ गते सुरु भई २९ गतेसम्मका लागि स्थगित बेलबारी नगरपालिकाको नगरसभाको दोस्रो बैठकले दुईवटा बिधेयक पारीत गरेको छ ।

नगरसभाको दोस्रो बैठकले सहकारी सम्बन्धी  बिधेयक तथा न्यायीक समितिको बिधेेयक बहुमतले पारीत गरेको हो ।

वडा अध्यक्ष उदय बहादुर राई नगेन्द्र खडका चेत बहादुर बस्नेत तथा वडासदस्य खिना थापा र रमेश निरौलाले एक वडा एक सहकारीको स्थापना गर्नु पर्नेमा जोड दिए ।

स्थानिय तहमै मेलमिलापका माध्यमबाट काम गर्दे आएको न्यायिक समितिलाई बिधयेक बनेपछि न्यायिक काममा सहज हुने भएको  छ । स्थानिय सरहकार आएपछि सहकारी सचालनका मापदन्ड सहित नगरपालिकाले बिधेयक पारीत गरेको हो ।

बिधेयक माथि छलफल गर्ने वडा अध्यक्ष तथा सदस्यहरुले नगरपालिकामा बनाईएका बिधेयक कार्यान्वन गर्न जोड दिएका छन ।  नगरपालिकाले यसअघि आधा दर्जनभन्दा बढी बिधेयक पारित गरिसकेको छ ।

3,213 total views, 98 views today

तपाईको प्रतिक्रिया