उत्तम पोख्रेल / बेलबारी ९ का का किसान यति बेला मेसिनबाट धान रोप्न थालेका छन् ।

नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने मेसि ल्याए पछि कृर्षकले यतिबेला मेसिनबाट धान रोप्न थालेका छन ।
१५ दिनको धानको बेर्ना मेसिनबाट रोप्दा किसानहरूले एक बिघामा १ सय ५० मनसम्म आम्दानी गर्ने गरेको कृषि कम्पनी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । ट्रेमा बेर्ना बाट कृषकहरुले खे ितगर्न थालेका हुन ।

ट्रेमा बेर्ना उत्पादन गर्ने प्रविधि ब्याडमा बीउ राख्दाभन्दा महँगो परेपछि नेपाल कृषि कम्पनीले ब्याडमै प्लास्टिक बिछ्याएर बेर्ना तयार समेत गरिदिन थालेको निर्देशक बस्नेतले बताए । यसबाट ८० प्रतिशत लागत घटने समेत उनले दावि गरे । किसानहरूको समूह बनाई एकैपटक एक हजार बिघा जमिनमा खेती गर्ने योजना रहेको बस्नेतले बताए ।

बेलबारी नगरपालिकाको समन्वयमा आधुनिक खेति गर्ने योजना बनाएकोे उनले बताए । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल लगायत वडा अध्यक्षहरु सग छलफल गरी सकेको उनले बताए । मेसिनको माध्यमबाट धान, मकै रोप्ने, गोड्ने र काट्नका लागी मेसिन ल्याई सकिएको कृषी कम्पनीले जनाएको छ ।

एक बिघा जमिनमा सामान्यत धान रोप्दा २० हल गोरु र ३० जना रोपाहार लाग्छ । तर मेसिन बाट धान रोपिसक्दा २२ हजार रुपैयाँ खर्च हुन्छ । गोरु दिनको हलको १ हजार लाग्ने गरेको छ । तर मेसिनले बीउसहित ११ हजार ५ सयमा एक दिन पनि नलगाई धान रोपिदिने गरेको छ । अहिले उक्त लागत ८ हजारमा घटिसकेको छ । तीन हजार ५ सयमा बीउ राख्न सकिन्छ ।धान रोप्नेमात्र होइन गोड्ने, खेतमै काटेर दानामात्र घर लान मिल्ने हार्वेस्टर मेसिन समेत कम्पनिले ल्याइ सकेकोछ ।

नेपाल कृषि कम्पनीबाट सुनसरी, मोरङ, झापा र मकवानपुरमा परिक्षणका रुपपमा काम गरी सकेको छ । युवा जति बिदेश तिर पलाईन भईरहेका बेला कम्पनिले समुह बनाएर गर्ने सामुहिक खेतिलाई पहिलो प्राथमीक्ता दिईन कृषि कम्पनीका कार्यक्रम प्रबन्धक डा.विवेकानन्द झाले बताए । बेलबारी नगरपालिका सगको सहकार्यमा आधुनि खेतिमा कृषकलाइ उत्साहित गर्ने कम्नीले बताएको छ ।

440 total views, 16 views today

तपाईको प्रतिक्रिया