बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले थाइलेण्डमा हुन गैरहेकाे “अाेपन थाईलेण्ड कराते च्याम्पियनसिप” मा भाग लिन जाने एक जना खेलाडी  र एक जना रेफ्रीलाई नगरपालिकामा अाज एक कार्यक्रम गरेर विदाई गरेकाे छ ।
नेपाल सितेरियाे कराते संघ बेलबारी डाेजाेकाे अायाेजनामा, बेलबारी नगरपालिकामा संचालन भएकाे उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले अाेपन थाइलेण्ड्ड कराते च्याम्पियनसिपमा भाग लिन जाने रेफ्री कुन्ती गुरुङ र खेलाडी विनय लिम्बुलाई अविर र खादा अाेढाएर विदाई गरेका थिए ।
साे अवसरमा उपप्रमुख ढाकाकुमारी पराजुली प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल लगायत कार्यपालिका सदस्यहरुकाे पनि सहभागिता रहेकाे थियाे ।
शुभकामना तथा विदाई कार्यक्रमलाई संबाेधन गर्दै नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले खेलले युवालाई सहिबाटाेमा ल्याउन सहयाेग पुर्याउने हुनाले नगरपालिका सधैँ खेलकुदकाे विकासमा ध्यान दिने वताए । उनले प्रतियाेगितामा भागलिन जाने खेलाडीलाई नगर तथा पुरैै राष्ट्रकाे नाम उचा पारेर   फर्कन समेत शुभकामना दिए ।
कराते प्रशिक्षक एवम् अन्तराष्ट्रिय रेफ्री कुन्ती गुरुङले यसरी नगरपालिकाले विदाई तथा शुभकामना दिएकाेमा खुसी व्यक्त गर्दै अाफू र अाफ्नाे खेलाडीले  देशकाे नाम राखेर फर्कने वताईन ।
 हेमन्त सुवेदीकाे अध्यक्षतामा संचालन भएकाे उक्त कार्यक्रमकाे संचालन भिम तामाङले गरेका थिए ।

5,656 total views, 182 views today

तपाईको प्रतिक्रिया