इनरुवा । लगभग दुई दशकको लामो प्रतिक्षापछि स्थानीय तह निर्वाचनबाट निर्वा्चित यहाँका जनप्रतिनिधिहरुले विकास निर्माणकार्यलाई तीव्रता दिएका छन् ।

२० वर्ष कर्मचारीतन्त्र बाट पीडित भएका भोक्राहा नरसिंह गाउँपालीका का सर्वसाधारण अहिले आफूले छान्नेका प्रतिनिधिको काम सन्तुष्ट देखिएका छन् ।

साविकको नरसिंह गाविस सम्भवत जिल्लाकै सबैभन्दा पिछडिएको क्षेत्रमा चिनिने गरिन्थ्यो । बर्खाको मौसम सुरु हुनसाथ बाटो खुलामा परिणत हुने गरिन्थ्यो । तर भोक्राहा नरसिंह गाउँपालीका वार्ड ८ मा निर्वा्चित वडाध्यक्ष हात्तिम अन्सारीले त्यस क्षेत्रको मुहार फेर्ने संकेत दिएका छन् ।

धमाधम विकास निर्माणकार्य लाई तीव्रता दिएसंगै वार्ड नम्बर ८ स्थानीयहरुले वार्डको मुहार फेरिनेमा आशावादी देखिएका छन् । निर्वाचित भएपछि वडाध्यक्ष हात्तिम अन्सारीले अहिलेसम्म १ करोड बढीको लागतमा वार्डका विभिन्न क्षेत्रमा सडक निर्माण तथा मर्मत सम्भार गरेका छन् ।

साथै वार्डका स्थानीयहरुको चाहना अनुसार सबैसँग सहकार्य गरेर ८० लाख लागतमा करिब दश हजार मिटर बाटोको काम अन्तिम चरणमा पुर्याएका छन् ।

वार्ड अध्यक्ष हात्तिम अन्सारीका अनुसार वार्ड ८ मा २२ लाख लागतमा कब्रस्थान घेराबेराको काम सम्पन्न गरेको, १८ लाख ५० हजार रुपैँयाको लागतमा मजलुम हाजिको घरदेखी यादव टोल सम्म १८ सय मिटर माटो पुरिएको छ भने १ हजार मिटर ट्रयाक्टर बाट माटो पुरिएर ग्रावेल बाटोको समेत काम सम्पन्न गराएको बताएका छन् ।

रहमान अन्सारीको घरदेखी दक्षिण भन्सार सम्म ११ लाख लागतमा १५ सय मिटर बाटोमा माटो पुरिएपछि अहिले स्थानीयहरु लाई आवतजावत गर्न सहज भएको देखिन्छ ।

भौतिक विकास कार्यसंगै वार्ड अध्यक्ष अन्सारीले लक्षित समुहको नाम छुट्टयाएको कार्यक्रमहरुमा सम्बन्धित समुहक व्यक्तिहरुको रोहवरमा गराउदै आएको स्थानीयहरुले बताएका छन् ।

उल्टि प्रहरी चौकीमा एउटा भन्सार कोठा नहुदा खान पकाउन खुला स्थानमा खाना पकाउने गरेकोले अध्यक्ष हातिम अन्सारीको पहलमा ३ लाखको लागतमा भान्सा घर निर्माण गरिदिएका छन् । भान्सा घर निर्माण भएपछि बर्खाको सिजनमा खाना पकाउने समस्या अब नरहेको प्रहरी चौकी उल्टिले जनाएको छ ।

साथै वार्ड नम्बर ८ को कार्यालयको सहयोगमा प्रहरी चौकी उल्टिदेखि नेपाल भारत सिमा सम्म ४ लाखको लागतमा १२ सय मिटर बाटोमा माटो पुर्ने काम सम्पन्न भएको छ । अढाई लाखको लागतमा ईस्लाम मियाको घरदेखि पश्चिम बोर्डर सम्म ५ सय मिटर बाटो पुरिने काम पनि सकिएको अन्सारीले बताए ।

साथै विरेन्द्र उराँवको घरदेखि ३ सय मिटर मजलुम हाजिको घर सम्म माटो पुरिनुका साथै ४ लाख लागतमा उल्टिमा रामजानकी मन्दिर समेत निर्माण गरिसकेको उनले बताए । वर्षाको सिजनमा हिंड्न् नसक्ने रामकिशन साहको घरदेखि उल्टि प्रहरी सम्म ३ सय ३० मिटरमा १० लाख खर्च गरेर माटो पुर्याएको अन्सारीको कथन छ ।

सोनयाहीमा रहेको कब्रस्थान देखि मदरसा जामिया सम्म ४ लाख लगाएर ९ सय मिटर बाटो बनाउने काम पनि सकिएको छ ।

३ लाख लागतमा नेपाल भारत बोर्डर देखि ईस्लाम मियाको घरसम्म ६ सय मिटर बाटोमा माटो पुरिएको छ । यसैगरी २ लाख ५० हजारको लागतमा रामजानकी थान मन्दिर बनेको छ । २ लाख लागतमा सेराजुल उल्लुम ईदगाह र १ लाख ५० हजार लागतमा मदरसा भवन निर्माणकार्य सकिएको छ । त्यसैगरी १ लाख लागतमा मदरसा जामियामा बाढीको पानीबाट विद्यार्थी पढ्न वन्चित नहोस् उद्देश्यले माटो पुरिएको छ । यसैगरी ट्रासफर्मर नहुदा बिजुलीको समस्या भएकोले १० लाख लागतमा २ वटा ट्रासफर्मर वार्ड कार्यालयले जडान गरिदिएको छ । जसबाट लाईनको समस्या हटेको स्थानीयहरुले बताएका छन् ।

वार्ड नम्बर ८ का २८ जना बाढी पीडित मध्ये २३ जनालाई जनही २५ हजारका दरले जिल्ला देवी प्रकोप तथा उद्घार समिति सुनसरीबाट आएको राहत रकम बाडेको अध्यक्ष हातिम अन्सारीले बताएका छन् । यसैगरी भोक्रहा नरसिंह गाउँपालीका २ का अध्यक्ष आलम अन्सारी र ७ का रामचन्द्र यादवले समेत विकास निर्माणकार्य लाई तीव्रता दिएका छन् ।

124 total views, 2 views today

तपाईको प्रतिक्रिया