मेलबर्न (अस्ट्रेलिया) /पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेको पहिलो  मुक्तक संग्रह “गुराँसहरु पलाँसहरु” नामक पुस्तक  मेलबर्नमा आयोजित एक कार्यक्रमका बीच
बिमोचन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत महामहिम चन्द्र योन्जन र बिशेष अतिथि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले संयुक्त रुपमा सो पुस्तक बिमोचन गर्नु भएको हो।  
बिमोचन कार्यक्रममा प्रमुख अतिथि योन्जनले जहाँँ भाबुकता हुन्छ, त्यहाँ साहित्यको सृजना हुन्छ भन्दै बिमोचित पुस्तकका लेखक चालिसेलाई बधाई दिनुभयो । उहाँले बिमोचनले अझै सशक्त रुपमा कलम चलाउन हौशला प्रदान गरोस भनी शुभकामना व्यक्त गर्नुभयो ।
भिक्टोरियाका नेपालीहरुको बीचको एकताको कारण बिभिन्न कार्यक्रम भब्यताका साथ गर्दै आएको र यहाँँ साहित्यकारहरुको संख्या बढिरहेकोले भिक्टोरिया नेपाली साहित्यको राजधानी बन्न सक्ने संभाबना उहाँले औल्याउनुभयो ।
बिमोचित पुस्तकको समालोचना गर्दै बिशेष अतिथि रामकुमार श्रेष्ठले नेपालमा बिद्यमान विसंगतिहरुप्रति सचेत रहँदै सामाजिक, राजनीतिक्, आर्थिक, धार्मिक सबै क्षेत्र समेटेर प्रकाशित गरेको र मुक्तक संग्रह मार्फत सरलता र जीवन भोगाइलाई झल्काउन लेखक सफल हुनु भएको बताउनु भयो ।
मन्तब्य ब्यक्त गर्ने क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय साहित्यको बिभिन्न क्षेत्रको चर्चा गर्दै बिदेशमा बस्ने नयाँँ पुस्ताका बीच चक्रपाणी चालिसेको परिचय र महत्वलाई निरन्तरता दिने  किसिमले नेपाली साहित्यलाई योगदान दिएका लेखकलाई सफलता मिलोस भन्ने शुभकामना ब्यक्त गर्दै गरिएको थियो ।
कार्यक्रममा रोजी डंगोल, अभिलाषा शर्मा र आस्था पौडेलले सांस्कृतिक नृत्य प्रस्तुत गर्नु भएको थियो भने स्थानीय साहित्यकारहरु माधाव पौडेल, उत्तम पन्त, अनुपम पाठक (सायर), आशिष भेटुवाल, मनोज पौडेल, कृष्ण सापकोटा, आर्जन पौडेल, पार्वती पाहारी र ११ बर्षिय आँचल पौड्यालले आ-आफ्नो साहित्यिक रचना बाचन गर्नु भएको थियो ।
सेभेन एपिक इण्टरटेनमेण्टका डाइरेक्टर उज्वल घिमिरेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको लागि बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी, न्यु कन्सेप्ट फाइनान्स, फ्लाई टु नेपाल र एभेरेस्ट अनलाइन स्टोरको प्रायोजन रहेको थियो ।
सेभेन एपिक इण्टरटेनमेण्ट तथा मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा आयोजित कार्यक्रमको सभापतित्व शंकर थापाले गर्नु भएको थियो भने पत्रकार एबं साहित्यकर्मी निरु त्रिपाठीले कार्यक्र्मको उदघोषण गर्नु भएको थियो । कार्यक्रममा मेलबर्नका अधिकांश प्रमुख संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।

1,206 total views, 44 views today

तपाईको प्रतिक्रिया