(केशु विरही) बिराटचाेक, माेरङ/ सुन्दरहरैचा नगरपालिकाले अाज एक कार्यक्रमविच नगरलाई खुल्ला दिसामुक्त, पुर्ण खाेप सुनिश्चितता तथा साक्षर नगरकाे रुपमा घाेषणा गरेकाे छ ।

जेसिस भवन सुन्दरहरैचा ९ मा संचालन भएकाे साे खुल्ला दिसामुक्त, पूर्ण खाेप सुनिश्चितता एवम् साक्षर नगर घाेषणा कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि माेरङ जिल्ला क्षेत्र न ३ का प्रतिनिधिसभा सांसद भानुभक्त ढकालले गरेका थिए ।

नगर प्रमुख शिवप्रसाद ढकालकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, जिल्ला समन्वय समिति माेरङ्का अध्यक्ष नरेशप्रसाद पाेखरेल, प्रदेशसभा सांसद राजकुमार अाेझा, चुमनारायण तव्दार, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, सुकुना बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख पितकुमार क्षेष्ठ, काेसीहरैचा उद्याेग वाणिज्य संघका अध्यक्ष नवराज चापागाई, अादि महानुभावहरुकाे आथित्यता रहेकाे थियाे ।

नगरपालिकालाई खुल्ला दिसामुक्त, पूर्ण खाेप सुनिश्चितता तथा साक्षर नगरकाे रुपमा घाेषणा पश्चात् कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भानुभक्त ढकालले नगरपालिकालाई शुभकामना दिदै, घाेषणा गरेर मात्र नहुने त्यसकाे निरन्तर निगरानी गर्नु पर्ने कुरा वताएका थिए । उनले सम्मानित हुनुहुने महानुभावहरुलाई वधाई तथा शुभकामना पनि दिएका थिए ।

जिल्ला समन्वय समिति माेरङका अध्यक्ष एवम् कार्यक्रमका विशिष्ठ अतिथि नरेसप्रसाद पाेखरेलले नगरपालिकालाई ९५ प्रतिशतबाट वढाएर पूर्ण साक्षरता अर्थात सतप्रतिशत साक्षरता पुर्याउने तर्फ लाग्न आग्रह गरे । साे कार्यक्रममा प्रदेशसभा सांसद राजकुमार अाेझा, चुमनारायण तव्दार र राष्ट्रियसभा सदश्य रमेशजङ्ग रायमाझी, मातृभूमि महिला समाजकी अध्यक्ष शान्ता दाहाल लगायतका विभिन्न महानुभावहरुले अा -अाफ्ना मन्तव्य राखेका थिए । उनीहरुले आफूहरु जहाँ जहाँ जुन पाटीसँग आवद्ध भएपनि यो क्षेत्रको विकास समृद्धिका मुद्धामा भने एक हुने कुरामा प्रतिवद्यध रहेको वताएका थिए ।

नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद अाचार्यले उपस्थित सवैलाई स्वागत गरेका थिए भने उपप्रमुख धामाया तामाङले कार्यक्रमकाे वारेमा प्रष्ट पारेकी थिईन ।

कार्यक्रमका अध्यक्ष एवम् सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितिबाट ‘खुल्ला दिसामुक्त, पूर्ण खाेप सुनिश्चितता तथा साक्षर’ भएकाे व्यहाेराकाे प्राप्त प्रमाण पत्र वुझ्दै नगरपालिकाकाे तर्फबाट प्रतिवद्धता पत्र पढेर सुनाएका थिए ।

कार्यक्रममा खुल्ला दिसामुक्त, पूर्ण खाेप सुनिश्चितता तथा साक्षर नगरकाे रुपमा घाेषणा गर्नमा सहयाेग पुर्याउने महिला स्वयमसेविकाहरु, स्वास्थ्य संस्थाहरु, खानेपानी तथा सरसफाई समितिहरु लगायत  विभिन्न व्यक्ति र  संघसंस्थालाई सम्मान गरिएकाे थियाे ।

नगरलाई खुल्ला दिसामुक्त घाेषणाकाे कामकाे सहजिकरण मातृभूमि महिला समाजले गरेकाे थियाे । मातृभूमि महिला समाजकी अध्यक्ष शान्ता दाहालले नगरलाई खुल्ला दिसामुक्त वनाउने क्रमका आफ्ना अनुभवलाई सबै सामु पस्किएकी थिएन् ।

5,024 total views, 148 views today

तपाईको प्रतिक्रिया