(केशु विरही), बिराटचाेक/ सुन्दरहरैचा नगरपालिकाले आफूले दाेश्राे सार्वजनिक सुनुवाई पछि गरेका काम कार्यवाहीलाई जनतासामू प्रस्तुत गर्ने अभिप्रायले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

कोसीहरैंचा उद्योघ वाणिज्य संघको सभाहलमा, रेडियो सुुेलीको सहजीकरणमा सम्पन्न भएको उक्त सार्वजनिक सुनुवाईमा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख घनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यका साथै १२ वटै वाडाका वाडाध्यक्षहरु र सबै विषयगत प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।

सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत जीवप्रसाद आचार्यले वर्षभरि संचालन भएका योजनाहरुको अवस्थाको वारेमा पूर्ण जानकारी गराएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरपालिकामा आ.व. २०७४/७५ मा १५.५ किमि कालोपत्रे सडक निर्माण भएको, १.५ किमि पेवल्स निर्माण भएको ५६ किमि सडमा ग्यावेल भएको र पुरै आवमा ४३ किमि सडक विस्तार भएको सार्वजनिक गरेका थिए ।

उनले नगरपालिकाले गरेको क्षमता अविवृद्धिका कार्यक्रमबाट १ हजार १४७ जनाले लाभ लिएका जानकारी गराएका थिए ।

मेयर शिवप्रसाद ढकालले कृषि, पशुपंक्षि तथा प्रवर्धा शाखा, पूर्वाधार, सामाजिक, सूचना प्रविधि, शिक्षा स्वास्थ्यका आदि विषयमा भएका गतिविधहरुलाई लिएर उठेका सवालहरुकाे जवाफ दिएका थिए ।

नगरपालिकामा न्यून जनशक्तिका, भुक्तानीलिन झन्झटिलो कानुनी प्रकृया, उपभोक्ता समिति मार्फत काम हुनु पर्ने भएकोले र विल भर्पाईको कारणले पनि केही झन्झटिलो हुदा जनताले दुख पाएकाे तर काम गर्दा प्रकृया पूरा गर्नै पर्ने वाध्यता रहेकाे मेयर ढकालले वताएका थिए ।

वाेल्ने अधिकांक्ष हभागिहरुले नगरपालिकाले सम्पादन गरेका काम कार्यवाहीमा प्रश्न उठाएका थिए । उनीहरुले  मेयर तथा प्रमुख प्रशासकीय अधिकृतसँग नगरपालिकाकाे काम कार्वाहीलाई लिएर गुनासाे गरेका थिए ।

पुष्पराज सिग्देलले सहभागिहरुको तर्फबाट वोल्दै नगरपालिकाले फजुल खर्च गरेको, जनप्रतिनिधहरु उद्घाटनमा मात्र व्यस्थ रहनेगरेको आरोप लगाएका थिए ।

निरु बजगाईले महिला याेजनाका लागि नगरपालिकामा धाउदाकाे पिडाको वारेमा वताउँदै महिलालाई तालिम मात्रै दिने कि राेजगारी पनि दिन मेयरसाप भनेर प्रश्न तेर्स्याएकी थिईन ।

मनोज दाहालले शिक्षामा भएका समस्याहरुको वारेमा र मदन परियारले मजदुरको समस्याको वारेमा जिज्ञासा राखेका थिए ।

मेयर ढकालले सहभागीहरुको जिज्ञासाको उत्तर दिँदै आफूहरु सिक्ने क्रममा रहेकोले अभ्यस्त नहुँदा नगरपालिकाको कामकार्यवाहीलाई जनतामैत्री वनाउँन नसकेको स्विकार गर्दै त्यसलाई अवका दिनमा सुधार गर्दै जाने आस्वाशन दिएका थिए ।

 

5,810 total views, 120 views today

तपाईको प्रतिक्रिया