(केशु विरही) बेलबारी/ पूर्वकै चर्चामा रहेकाे बेतना सिमसारले अाफ्नाे २० वर्षे गुरुयाेजना अन्तरगतकाे ‘फाउन्टेन पाेखरी’को निर्माण कार्य सम्पन्न भएको छ ।
बेलबारी नगरपालिकाकाे सिफारिसमा उद्धयाेग पर्यटन तथा वातावरण मन्त्रालयकाे रु ३ लाख ९२ हजार र वेतना सिमसारकाे रु ४४ हजार २४७.५५ गरि कुल रु ४ लाख ३६ हजार २४७.५५ मा फाउन्टेन पाेखरीकाे निर्माणकार्य सम्पन्न भएकाे हाे ।
बेतना सिमसार सामूदायिक वनका अध्यक्ष डम्मर बस्नेतले दिएकाे जानकारी अनुसार पाेखरीकाे निर्माण कार्य सम्पन्न भैसकेकाे र पर्यटन मन्त्रालय काकडभित्ताकाे रु १० लाख र सिमसारकाे १ लाख ९० हजार गरि कुल ११ लाख ९० हजारकाे लागतमा पाेखरीमा टायल विछ्याउने कार्य भैरहेकाे छ ।
बेतना सिमसारलाई पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य वनाउन सराेकार निकायहरु लागि रहेका छन् । १७४.९१ हेक्टर क्षेत्रफलमा फैलिएकाे सिमसार क्षेत्रलाई मानव केन्द्रित, मानव नियन्त्रित तथा मानव निशेधित गरि तीन भागमा वाँडिएकाे छ । हाल वनिरहेकाे फाउन्टेन पाेखरी मानव नियन्त्रित क्षेत्रभित्र पर्दछ ।
सिमसारले अघि सारेको उक्त २० वर्षे गुरुयोजनामा सामाजिक , साँस्कृतिक, आर्थिक विकासका खाकाहरु समेटिएको  छ ।  सिमसारलाइ प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गार्डेन, रिसोर्ट, हेलिप्याड, लगायत  विभिन्न योजना गुरुयोजनामा  छन्   ।
 गुरुयोजनामा संग्राहलयदेखि प्रदेशकै ठूलो चिडिया घर बनाउने योजना पनि  राखिएको छ । मनोरन्जनका लागि मचान निर्माण,जंगलसफारी,स्वीमिङ पुल, वालउद्यान,पिकनिक स्पोट, बोटिङ , ट्री ट्रेल आदि तयार  गरिने छ । त्यसैगरी स्वास्थ्यका लागि ध्यान केन्द्र, खेलमैदान आदि बनाईने भएको छ भने  आयआर्जनका लागि तालिम केन्द्र, विभिन्न शिप विकासका कार्यक्रम, वायोग्याँस लगायत पर्यटनसंग सम्वन्धित विभिन्न विषयमा सिप सिकाईने प्रस्ताव गरिएको छ ।
बेतनाकाे विकासका लागि प्रदेशकाे तर्फबाट रु १ कराेडकाे वजेट छुट्टिएकाे वाताईएकाेे र अाफ्नाे गुरु याेजना अन्तरगतकाे काम पूरा गर्नलाई सिमसारले केन्द्रमा पर्यटन मन्त्रालयमा पनि प्रपाेजल पेस गरेकाे वताएकाे छ । वन्दै गरेकाे उक्त फाउन्टेन पाेखरीकाे विचमा तिनठाउँमा अाकर्षक रुपमा पानिका फाेहरा निर्माण हुनेछन् । र पाेखरीकाे वरिपिर अाकर्षक रुपमा विजुल वल्भ वालिनेछन् । याे पाेखरी निर्माण कार्य पूरा भएपछि यहाँ अाउने पर्यटककाे संख्यामा पनि वृद्धिहुनेमा सिमसार प्रशासनले अासा गरिएकाे छ ।

 

 

3,384 total views, 2 views today

तपाईको प्रतिक्रिया