रसियामा जारी विश्वकप फूटबल प्रतियोगिताका क्वाटरफाइनल खेल शुक्रबारदेेखि  शुरु हुन लागेका छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमने सामने हुनेछन् । जारी प्रतियोगितामा पुर्व बिजेता उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हार चखाउंदै  क्वाटरफाइनलमा पुगेको थियो ।

क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकका विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको थियो  भने बेल्जियमले जापानलाई ३–२ गोल अन्तरले हराएको थियो ।

शनिबार असार २३ गतेराति ७ः४५ बजे तेस्रो क्वाटरफाइलन खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११ः४५ बजे आयोजक रुस र क्रोसिया आमनेसामने हुनेछ ।  खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् ।

बिश्वकपको सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ भने फाइनल खेल असार ३१ गते आइतबार हुनेछ ।

3,588 total views, 3 views today

तपाईको प्रतिक्रिया