मोरङ जिल्लाका धेरैजसो स्थानीय तहहरुले असारको दोस्रो सातासम्ममा आ- आफ्ना गाउँ तथा नगरसभा  गरी निति कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् ।

सबैजसो स्थानीय तहले पुर्वाधार र बिकासलाई पहिलो प्राथमिकता दिएर निति कार्यक्रम तथा बजेट बनाएका छन् । हालसम्म बिराटनगर महानगरपालिका, बेलबारी, सुन्दरहरैंचा र पथरी नगरपालिका तथा केराबारी र मिक्लाजुङ गाउँपालिका लगायतले नगर तथा गाउँसभा अधिबेशन गरिसकेका छन् ।

बिराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ४ अर्ब ४७ करोडको बजेट ल्याएको छ ।

बेलबारी नगरपालिकाकाे असार ७ गते भएको दाेश्राे नगरसभा अधिवेसनले अा.व. २०७५/७६ का लागि ८० कराेड वरावरकाे वजेट तथा नीति तथा कार्यक्रम पारित गरेको  छ ।

सुन्दरहरैचा नगरपालिकाकाे दोश्राे नगरअधिवेसन अा.व. २०७५/७६ का लागि ७९ कराेड ११ लाख ६३ हजार वरावरकाे वजेट पारित गर्दै असार १० गते सम्पन्न भएकाे छ ।

केराबारी गाउँपालिकाको दाेश्राे गाउँसभाले नीति तथा कार्यक्रमका साथ ३९ कराेड वरावरकाे वजेट सार्वजनिक गरेको छ  ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मिक्लाजुङ गाउँपालिकाको दोस्रो गाउँ सभाबाट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७५/ ०७६ का लागि गाउँपालिकाको कुल ३५ करोड ३१ लाख २३ हजार चार सय ५० रुपैँयाको बजेट पारित गरेको हो ।

उत्तरी मोरङको लेटाङ नगरपालिकाले  असार २५ गते नगरसभा आयोजना गरेको छ ।

6,509 total views, 3 views today

तपाईको प्रतिक्रिया